कृषिलाई चारवर्षमा उत्कृष्ट बनाउन आग्रह

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, जेठ २६ । प्रदेश नं. ५ का सदस्य तथा प्रदेश मामिला तथा कानुन समितिको सभापती दामा शर्माले कृषिलाई नमुना ढङ्गले अगाडि बढाउन प्रदेश सरकारले यो कार्यक्रम ल्याएको बताउनुभएको छ । शर्माले यस कार्यक्रमलाई नमुनाका रुपमा सञ्चालन गरेर अबको चार वर्षभित्रमा उत्कृष्ट कार्य गरेर देखाउन कृषकलाई अनुरोध गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै हर्दवाका किसानहरुलाई कृषि औजार सामाग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य रेवतीरमण शर्माले कृषकले प्रशस्त आम्दानीको स्रोत भित्रयाउन सक्ने धारणा व्यक्त गर्नुभयो । शर्माले किसानहरुले विकास उपायोग गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका ८ र ९ नम्बर वडालाई बाख्राको पकेट क्षेत्र बनाउने घोषण गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यहाँका किसानहरु लाई अरुमा भन्दा बाखा्रपालनमा धेरै सम्भावना देखेर ८ र ९ नम्बर वडाका किसानहरु लाई व्यवसायिक ढंगले बाख्रापाल्ने बनाउनका निम्ती लमही नगरपालिकाले योजना बनाएको लमही नगर प्रमुख केसीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाख्राको पकेट र नमुना क्षेत्र गाउँको विकास हुन थालेको र यस कार्यक्रमलाई लमही नगरपालिकाले सफल बनाउनमा लमही नगरपालिकाको मुख्य उद्देश्य रहेको केसीले बताउनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेत, स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक अम्बर कुवँर (नविन) किसान, पत्रकार लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्राथामिक विद्यालय हर्दवाका प्रअ हेमराज खड्काले गर्नु भएको थियो ।

यस्तै लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा सञ्चालित स्मार्ट कृषि गाउँमा कस्टम हाइरिङ्ग सेन्टर स्थापना गर्न कृषि औजार हस्तान्तरण गर्नु भएको छ । सबै क्षेत्रमा स्मार्ट गाउँ बनाउन कृषि औजार पावर ट्रिलर, मकै गोड्ने, छोडाउने मेसिन हस्तान्तरण गरिएको छ । जस अन्र्तगत २५ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृषि औजार सामाग्री हस्तान्त्रण पछि हर्दवाका किसानहरुले खुसी व्यक्त गरेका छन् । चुनाव जितेपछि जनप्रतिनिधिहरुले विभिन्न शिर्षकमा कार्यक्रमहरु ल्याइ गाउँ गाउँमा आएर व्यवसायिक रुपमा खेतीपाती गर्दै आएका किसानहरु लाई विभिन्न कृषि सामाग्री हस्तान्त्रण गर्दा खुसि व्यक्त गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *