घोराही, २० जेठ, घोराही उपमहानगरपालिका वडा नं १९ सैघा बोल्दी निवासी क्यानसर पीडित भेषकली रागु मगरलाई स्थानिय युवाहरुले एक लाख ५० हजार बढी सहयोग गरेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट चन्दा उठाएर पीडित मगरलाई १ लाख ५६ हजार ३ सय ६२ रुपैया प्रदान गरेका छन् ।
घोराही उप महानगरपालिका वडा १८ निवासी ज्ञानबहादुर रायमाझीको पहलमा सङकलन गरिएको रकम सहयोग गरिएको हो । पीडितको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा सहयोग पु¥याउन सहयोग सङकलन गरिएको रायमाझीले जानकारी दिए । यस अभियानमा देश भित्र तथा रोजगारको लागि विदेश गएका नेपालीहरुबाट समेत सहयोग आएको उनको भनाइ रहेको छ ।
सानो सहयोगले कसैलाई ठुला सहयोग मिल्छ भने किन नगर्ने भनेर यस प्रकारको अभियान सञ्चालन गरेको रायमाझीले बताए । उनले रागु मगरको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले सवैमा सहयोग गर्न समेत आग्रह गरे । रागु मगर विगत ६ महिना देखि क्यान्सर रोगबाट पीडित छिन् । उनको हाल चितवन क्यानस अस्पतालमा उपचार भइरहेको छ ।
यसरी सहयोग गर्नेहरुमा चित्र वुढा, धनि वुढाले रोल्पाबाट २५ हजार ५ रुपैया, जुद्धवहादुर घर्तिले घोराही ६ हजार ५ रुपैया, वमबहादुर खडकाले ५ हजार ५ सय ५५ रुपैया, गोपाल खड्काले ६ हजार ३ सय ५४, चन्द्रवहादुर सुनारले ५ हजार १ सय १६ रुपैया, भोवा खत्रीले ५ हजार १ रुपैया, भेगवहादुर खडकाले ५ हजार ६ रुपैया लगायतकाले सहयोग गरेका थिए ।