खेलकुद

नवौ राष्ट्रिय खेलकुदका लागि  दाङ जिल्लास्तरीय खेलाडी छनोट सुरु
खेलकुद

नवौ राष्ट्रिय खेलकुदका लागि दाङ जिल्लास्तरीय खेलाडी छनोट सुरु

लक्ष्मण बस्नेतदाङ, १८ भदौ । ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्लास्तरीय खेलाडी सुरु भएको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना एवं युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको तत्वावधानमा संचालन भएको प्रतियोगिताको उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन । उद्घाटन समारोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले राष्ट्रको सान र पहिचानसंग जोडिएको खेलकुद क्षेत्रको विकासस्थानीयस्तरबाट हुनुपर्ने बताए । राष्ट्रको गौरव र पहिचानका रुपमा रहेको खेल क्षेत्रलाई उचाईमा पुर्‍याउन खेलकुद बिकास र संघहरुको प्रयासले मात्र संभव छैन अब स्थानीयस्तरबाटै आम नागरिकको चासो र चिन्तन उत्तिकै आवश्यक छ उनले भने । साथै उनले नवौ राष्ट्रिय खेलकुद खेलाडीको भविष्य कोर्ने एउटा ऎतिहासिक अबसर भएकाले अनुशासनको उच्च आदर्शलाई आत्म साथ गर्दै आफ्नो कला कौशल प्र...
आईटिएफ तेक्वान्दोको जिल्लास्तरीय छनौट प्रतियोगिता शनिबार हुने
खेलकुद

आईटिएफ तेक्वान्दोको जिल्लास्तरीय छनौट प्रतियोगिता शनिबार हुने

दाङ, १७ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि दाङ आईटिएफ तेक्वान्दो खेलको जिल्लास्तरीय छनौट प्रतियोगिता भोलि हुने भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा दाङ आईटिएफ तेक्वान्दो संघको समन्वयमा खेलाडी छनोट प्रतियोगिता हुन थालेको हो । घोराहीस्थीत नारायण सल्यानी स्मृति भवनमा हुने जिल्लास्तरीय छनोट प्रतियोगितामा ८०,९० जनासम्म खेलाडीहरुको सहभागीता रहने दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभएको छ । अध्यक्ष थापाका अनुसार छ्नोट प्रतियोगिता भोली बिहान ८ बजेदेखि सुरु हुने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा हुँदैछ । ...
दाङमा प्रदेशस्तरीय तेक्वान्दो संघको प्रशिक्षण
खेलकुद

दाङमा प्रदेशस्तरीय तेक्वान्दो संघको प्रशिक्षण

दाङ, १७ भदौ । नेपाल तेक्वानदो संघकाे प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम दाङको तुलसीपुरमा बिहिबार सम्पन्न गरेको छ । चारदिनसम्म सञ्चालन भएको प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका ७० बढी खेलाडी र रेफ्रिहरुको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो रेफ्री तथा रेफ्री रिफ्रेसर सेमिनार कार्यक्रममा मुख्य प्रशिक्षकमा नेपाल तेक्वानदो संघका सस्थापक तथा बर्तमान महासचिव दिपराज गुरुङ रहेका थिए। त्यसैगरि प्रशिक्षकहरुमा प्राबिधिक सल्लाहकार टार्जन सुब्बा,सुमन घले,भीम बिकलगायत रहेका थिए । लुम्बिनी प्रदेशसका अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा तेक्वानदो संघका सस्थापक तथा बर्तमान महासचिव दिपराज गुरुङको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष जीतबहादुर केसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण अन्तराष्ट्रिय खेलाडी मोहन सुनारले गरेका थिए । ...
नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै
खेलकुद

नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै

दाङ, १७ भदौ । नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदैछ । नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् । पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुनेछ । केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालकाे कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् । केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो । ...
टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजः आज केन्याविरुद्ध निर्णायक खेल खेल्दै नेपाल
खेलकुद

टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजः आज केन्याविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

दाङ, १४ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दुबै टिमले आज निर्णायक खेल खेल्दैछन् । पाँच खेलको सिरिजमा ४ खेल सम्पन्न हुँदा सिरिज २–२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ । सोमबार भएको चौंथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको थियो ।  त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्यासँग नेपाल १८ रनले पराजित हुन पुगेको थियो । यस्तै तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । टी–ट्वान्टी सिरिजपछि नेपालले केन्यासँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो...
नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल
खेलकुद

नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल

नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक/एक खेल जितेका छन् । बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो । नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि र पाँचौँ तथा अन्तिम खेल पर्सि भदौ १४ गते हुनेछ । पाँच खेलको टी–२० शृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ । ...
फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा
खेलकुद

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यससँगै भारतले अब आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकप खेल्न पाउने भएको छ। सो प्रतियोगिता आगामी ११-३० अक्टोबरमा भारतमै हुनेछ। त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउने छ। फिफाले अगष्ट १५ मा एआईएफएफमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। ...
बेलझुण्डीमा दाङ जिल्ला तेक्वान्दो संघको कार्यालय स्थापना
खेलकुद

बेलझुण्डीमा दाङ जिल्ला तेक्वान्दो संघको कार्यालय स्थापना

दाङ, १० भदौ । दाङ जिल्ला तेक्वान्दो संघले आफ्नो कार्यालय स्थापना गरेको छ । संघले तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर १७ बेलझुण्डीमा आफ्नो कार्यालय स्थापना गरेको हो । निश्चित स्थानबाट कार्यालय सञ्चालन गरेर काम कार्वाहीलाई अगाडी बढाउदा तेक्वान्दो खेलाडीहरु खुशी भएका छन् । २०५७ सालमा स्थापना भई तेक्वान्दो खेलको विकासका लागी काम गर्दै आएको संघले आजदेखी अव आफ्नै कार्यलयबाट आफ्ना कामलाई अघि बढाउने संघका अध्यक्ष विष्णु अधिकारीले जानकारी दिनुभयो । २०७८ सालबाट कार्यभार सम्हालेको अधिकारी नेतृत्वको टोलीले जिल्लामा पहिलो पटक कार्यालय नै स्थापना गरेर आफ्ना गतिविधिलाई सञ्चालन गरेको हो । संघले जिल्लामा सञ्चालनमा रहेका डोजाङहरुको गतिविधि तथा गर्ने काम कामकार्वाहीमा समन्वय, सहयोग र सहकार्य र्गर्ने काम गर्दै आएको छ । उहाँका अनुसार अहिले जिल्लामा सञ्चालनमा रहेका ४० वटा डोजाङबाट २५ सय देखी ३ हजारसम...
नवौ राष्ट्रिय खेलकुदका लागि दाङमा भदौ १७ देखि खेलाडी छनोट हुने
खेलकुद

नवौ राष्ट्रिय खेलकुदका लागि दाङमा भदौ १७ देखि खेलाडी छनोट हुने

लक्ष्मण बस्नेत दाङ, ७ भदौ । नवौँ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङ जिल्ला स्तरिय खेलाडी छ्नोट यहि भदौ १७ गते देखि सुरु हुने भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खेल सम्बद्ध संघको समन्वयमा संचालन हुने छनोट प्रतियोगिताको औपचारिक उद्घाटन आउँदो भदौ १७ गते बिहान ११ बजे बेल्झुण्डी रंगशालामा गर्ने कार्यक्रम तय भएको छ । दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा सोमबार (आज) बसेको पुणर् बैठकले दाङबाट प्रतिनिधित्व गर्ने २९ खेलको छनोट तालिका, खेल स्थल र जिम्मेवारी बाड्फाड सहित भदौ १७ देखि १९ गते सम्म जिल्ला छनोट सम्पन्न गर्ने निणर्य गरेको समितिका कार्यालय प्रमुख शान्ती सोमैले जानकारी दिनुभयो । बैठकले अध्यक्ष हमाल संयोजक रहेको २५ सदस्यीय प्रतियोगिता संचालन मुल समिती तथा ४ सदस्यीय अनुगमन समिती र मुल समितिको मातहतमा रहने गरि विभिन...
कतार विश्वकपका लागि साढे २४ लाख टिकट बिक्री
खेलकुद

कतार विश्वकपका लागि साढे २४ लाख टिकट बिक्री

दाङ, ४ भदौ । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि आयोजकले २४ लाख ५० हजार टिकट बिक्री गरेको फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।  जसमध्ये जुलाई ६ देखी १६ सम्मको पहिल्लो बिक्री अवधिमा भन्दा अहिले ५ लाखभन्दा बढी बिक्री भएको जनाइएको छ । फिफाका अनुसार समूह चरणमा क्यामरुनविरुद्ध ब्राजिल, ब्राजिलविरुद्ध सर्बिया, पोर्चुगलविरुद्ध उरुग्वे, कोस्टारिकाविरुद्ध जर्मनी र अष्ट्रेलियाविरुद्ध डेनमार्क जस्ता खेलका लागि सबैभन्दा बढी टिकट छुट्याइएको छ । “कतार, साउदी अरेबिया, अमेरिका, मेक्सिको, संयक्त अरब इमिरेट्स, इङ्गल्याण्ड, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलियामा बसोबास गर्ने समर्थकहरूले सबैभन्दा धेरै टिकटहरू सुरक्षित गरेका छन्,’’ फिफाले जनाएको छ । अर्को चरणको टिकट बिक्री खुला सेप्टेम्बरको अन्त्यमा घोषणा गरिने फिफाले बताएको छ । अन्तिम चरणको बिक्री पश्चात कतारको दोहामा ‘ओभर–द–का...