दुई वर्षकी छोरीसहित अभिनेता निल नितिनको परिवारलाई कोरोना संक्रमण
एजेन्सी । बलिउडका चर्चित अभिनेता निल नितिन मुकेश र उनको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको दुई वर्षे छोरीलाई समेत कोरोना संक्रमण भएको छ ।
उनले आफु र आफ्नो परिवारलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
उनले पुर्ण रुपमा सावधानी अपनाउँदा समेत कोरोना संक्रमण भएको बताएका छन् ।
कोरोना संक्रमण भएपछि सबै परिवार चिकित्सकहरुको सुझाव अनुसार आइसोलेशनमा रहेको उनले जानकारी दिए । उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् ।
...