टिनको छानोले ल्याएको खुशी
जीतसागर जी.एम.
दाङ , ६ बैशाख । कमला विक र देवदत्त विक घरमा फुसको छानो हुँदा वर्षामा पानी चुहिएर कहिल्यै आनन्दले निदाउन पाएनन् । फुसको छानोका कारण वर्षामा पानी चुहिएर सताउने अनि गर्मि समयमा आगलागीबाट बच्नुपर्ने सबैभन्दा ठुलो चुनौतिमा रहेको कमलाको परिवारलाई केहिदिन अघिबाट यी सबै समस्या समाधान भएका छन् ।
कमला र देवदत्त दम्पतीलाई अब आगलागी र वर्षाको पिर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । आर्थिक रुपमा विपन्न परिवारलाई जस्ताले छाएको घरमा बस्ने वर्षोँदेखिको सपना सरकारले पुरा गरिदिएको छ । तुलसीपुर–७ बसन्तापुर निवासी विक दम्पतिको घर अहिले जस्ताले छाएपछि ढुक्कले निदाउन पाएका छन् ।
‘घर खरले छाएको थियो, त्यसकारण पनि वर्षामा पानी चुहिएर आन्नदले कहिले पनि निदाउन पाएनौँ, गर्मी समयमा आगो लाग्ने डरले सताउँदथ्यो’ उनले भनिन्–‘अब घरका लागि गर्नुपर्ने पिर सबै हटेको छ, घरमा टिन लगाएपछि ढुक्क...