रुकुमका घाइतेको थप उपचारका लागि रेफर, २ वडा अध्यक्षसहित ५ पक्राउ
दाङ, ७ माघ। रुकुम पश्चिमको आठबिसकोटमा नेकपा (दाहाल–नेपाल समूह) र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपको क्रममा घाइते १ जना वडा अध्यक्षसहित ३ जनालाई थप उपचारको लागि रेफर गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष तथा नेपाली काँग्रेसका कार्यकर्ता तारकबहादुर शाही, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी र काँग्रेसका सक्रिय कार्यकता दिपक केसीलाई आज थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको हो ।
गएराती जिल्ला अस्पताल सल्ले पुर्याइएका उनिहरुको अवस्था गम्भीर भएपछि रेफर गरिएको आठबिसकोट नगरपालिकाका नगर सभापति कमल शाहले बताउनुभयो । घाइते शाहीको अनुहारमा, आरसीको टाउकोमा र केसीको ढाडमा गम्भीर चोट लागेको छ । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आठबिसकोट नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बि.क., वडा नम्बर ८ का वडा अध्यक्...