दाङ जिल्ला अण्डा उत्पादक संघको अध्यक्षमा केसी
दाङ , ५ बैशाख । दाङ जिल्ला अण्डा उत्पादक संघको अध्यक्षमा मानबहादुर केसी चयन हुनुभएको छ । शाखाको शनिबार जखेरा तालमा सम्पन्न चौथो साधारण सभाले केसीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भरतमणि शर्मा, सचिव रविन्द्र केसी, सहसचिव रुद्र सापकोटा, कोषाध्यक्ष सुनिल घिमिरे रहनु भएको छ ।
यस्तै सदस्यहरुमा लीला ओली, सन्तोष केसी, शम्भु सिंह ठकुरी रहनु भएको छ । यस्तै तेजप्रकाश पुन, झगबहादुर जिसी र टंक जिसी रहनु भएको छ । केन्द्रीय सदस्य ललित जीसीको उपस्थितिमा सम्पन्न गरिएको सभामा बोल्ने वक्ताहरुले दाङ अण्डा उत्पादनमा आत्मनिर्भर जिल्ला भएको र ७५ प्रतिशत जिल्लाबाहिर खपत हुदै आएको बताएका हुन् ।
तर अण्डा उत्पादनमा संलग्न उद्यमी किसान भने अण्डा उत्पादन व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको पनि उनिहरुले बताएका छन् ।वर्तमान उपाध्यक्ष भरतमणि शर्मा ले बजारमा अ...