दुईखोलीका नागरिकलाई स्वास्थ्य सेवा लिन सकस
चन्द्रप्रकाश नेपाली
दाङ , ६ बैशाख । दुईखोलीका नागरिकलाई स्वास्थ्य सेवा लिन सकस हुने गरेको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १९ मा पर्ने दुईखोलीका नागरिकलाई स्वास्थ्य सेवा लिन सकस हुने गरेको हो ।
वडामा रहेको स्वास्थ्य चौकी दुईखोलीबाट निकै टाढा पर्छ । त्यसैले गाँउमा कोही सामान्य तथा जटिल जस्तो सुकै विरामी भए पनि घोराही बजारमै ल्याउनु पर्ने बाध्यता रहेको छ । तर पनि गाउँबाट उपचारका लागी बजार ल्याउदा समयमै एम्बुलेन्स नपाईने गरेको दुखेको पनि त्यहाँका नागरिकको छ ।
दुईखोलीका डोमा घर्तिले भन्नुभयो,–‘हामीलाई स्वास्थ्य सेवा लिन निकै गाह्रो छ । वडामा रहेको स्वास्थ्य चौकीमा जान पनि बाटोको व्यवस्था छैन भने हिडेर जादा घण्टौ लाग्छ । पहिले पहिले त विरामीलाई बोकेर स्वास्थ्य चौकी सैघासम्म पनि दुईखोलीबाट जाने गरियो तर अहिले हामी घोराहीतिर जाने गरेका छौँ ।
सामान्य स्वास्थ्य सेवा लिन प...