तुलसीपुरमा कृषि अनुदानका लागि आवेदन माग
जीतसागर जी.एम
तुलसीपुर, २४ पुस। दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना प्रभावित किसानलाई कृषिमा करिब ५० प्रतिशत अनुदान दिने भएको छ । नगरले कोरोना प्रभावका कारण गाउँ फर्किएर कृषि पेशा लागेका किसानलाई अनुदान दिने भएको हो ।
नगरले कृषि उत्पादनमा करिब २० हजार र कृषि औजारमा ५० हजार अनुदान दिने भएको हो । कृषि अनुदानका लागि नगरले सम्बन्धित किसानबाट आवेदन समेत मागेको छ । पुस २८ गतेसम्म कोरोना प्रभावित किसानले आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।
कृषि उत्पादन बढाउन र कृषि क्षेत्रमा युवाहरुलाई प्रोत्साहनका लागि उमहानगरले अनुदान दिन लागेको उपमहानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमले जानकारी दिनुभयो ।
अनुदानका लागि उपमहानगले कोरोना प्रभावित व्यक्ति हुनुपर्ने, पशुपालन तथा कृषि पेशामा आवद्ध हुनुपर्ने, परिवारमा मासिक आम्दानी १० हजारभन्दा कम हुनुपर्ने, एउटा परिवारबाट ए...