Ad Area Ad Area
Ad Area
Ad Area

कोरोनाका कारण दाङमा ३०० बढी व्यवसायी विस्थापित

दाङ, १० बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संघको घोराहीमा रहेको सभाहलमा एक कार्यक्रमकाबीच साधारण सभा सम्पन्न भएको हो । संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम साधारण सभा भएको थियो ।

साधारण सभामा उद्योग वाणिज्य संघ दाङका महासचिव महेन्द्र बुढाथोकीले प्रतिवदेन र कोषाध्यक्ष शुसिल पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महासचिव बुढाथोकीले प्रस्तुत गरेको प्रतिवेदनमा कोरोनाका कारण दाङका ३०० बढी व्यवसायीहरु विस्थापित भएको जनाइएको छ ।

Blog Post Ad

कोरोनाका कारण व्याजले व्यवसायीलाई थप मार पारेको, अन्तराष्ट्रिय वस्तुहरु खरिद गरी उपभोक्तामाझ पुर्‍याउँदा स्थानीय उत्पादन बजार नपाएको प्रतिवेदन प्रस्तुक गर्दै महासचिव बुढाथोकीले बताउनुभयो । उहाँले स्थानीय उत्पादन निर्वाह मुखीमात्र नभई पलायन हुने सम्मको अवस्था सृजना भएको दाबी गर्नुभयो ।

Blog Post Ad

यस्तै उद्योग वाणिज्य संघले अबको वर्षमा सुरुङमार्गसँगै केवलकार सञ्चालनसम्मका लागि पहल गर्ने योजना भएको छ । दाङ जिल्लालाई व्यवसायीक तथा पर्यटकीय गन्तब्यका रुपमा जोड्ने आउने वर्षहरुमा उद्योग वाणिज्य संघ दाङले घोराहीदेखि प्युठानको अरङखोलासम्म सुरुङमार्ग निर्माण गर्न पहले गर्ने योजना बनाएको छ ।

यस्तै अरङखोलादेखि प्युठानको स्वर्गद्धारीसम्म केवकार निर्माण गर्न पहले गर्ने महासचिव बुढाथोकीले बताउनुभयो ।

Blog Post Ad

उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर उवासंघका अध्यक्ष राम प्रसाद चालिसेलगायतको उपस्थिति रहेको थियो ।

Blog Post Ad
Ad Area