मेयर कप टि–२० क्रिकेटको उपाधि त्रिशिद्धेश्वरी तुलसीपुरलाई

दाङ, १० बैशाख । लमही नगरपालिका तेस्रो मेयर कप दाङ जिल्ला स्तरिय टि–२० क्रीकेट प्रतियोगिताको २०७९ को उपाधी त्रिशिद्धेश्वरी स्पोर्टस क्लव तुलसीपुरले जितेको छ ।

देउखुरी क्रिकेट क्लबको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा दंगाली स्पोर्टस एकाडेमी घोराहीलाई ६ रनले पराजित गर्दे त्रिशिद्धेश्वरी स्पोर्टस क्लबले उपाधी जितेको हो । उपाधीसंगै उसले नगद ५० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । उता फाईनलमा सम्मानजक हार ब्यहोरेको दंगाली स्पोर्ट्स एकाडेमी उपबिजेतामा समित रहदै नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

Blog Post Ad

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले २० ओभरको समाप्तिमा आफ्ना ६ विकेटको क्षेतिमा १२५ रन बनाएको थियो । जसमा समिर न्यौपानेले सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान शंकर वुढा ३८,सुदिप नेपाली १८ र संजोग गिरीले १२ रनको महत्वपुर्ण पारि खेलेका थिए । बलिङ तर्फ दंगालीका एकाडेमीका सुमन दसौदीले २ विकेट तथा आशिष वली र विरू मगरले समान १र१ विकेट लिए ।

Blog Post Ad

१२६ रनको बिजयी लक्ष्य पच्छ्याएको दंगाली स्पोर्ट्स एकाडेमी घोराही १९ दशमलव ५ ओभर मा अलआउट भयो । जसमा दंगालीका विराट सिंह भण्डारीले ४२ सुशान्त सिह थापा १६ तथा विसम थापाले २३ रन को पारि खेले । बलिङमा त्रिशिद्धेश्वरीका लक्ष्मण वुढा र करण कुमारले शानदार बलिङ गर्दै समान ३र३ विकेट लिए भने मोहन खत्रीले महत्वपूर्ण २ र सुदिप नेपालीले १ बिकेट लिए ।

खेलमा उत्कृष्ट बलिङ गर्दै ४ओभरमा १७ रन खर्चदै ३ महत्वपुर्ण विकेट लिने त्रिशिद्धेश्वरीका लक्ष्मण वुढा म्यान अफ द फाईनल म्याच घोषित भए । यसैबिच प्रतियोगिताको समापन समारोह देउखुरी क्रिकेट कल्वका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता तथा लमही नगरपालीकाका मेयर कुल वहादुर केसीको प्रमुख आतिथ्य एवं उपमेयर देवीका वेलवासेलेको विशिष्ट आतिथ्यमा भएको थियो ।

त्यस अबसरमा प्रतियोगिताको अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ ईमर्जिङ प्लेयर र बेस्ट बलर ऋषी डिसी।, बेस्ट ब्याट्सम्यान सुशान्तसिंह थापा र म्यान अफ द सिरिज मोहन खत्री घोषित भए । एक सातसम्म संचालित प्रतियोगिताको अम्पायरको भूमिकामा इनामुदिन हल्वाई, रमेश सिंह पुन, अमित तामाङ रहेका थिए भने स्कोररमा मधु डिसी र सुरज खनाल रहेका थिए । कार्यक्रमको सहजीकरण विकाश भट्टराईले गरेका थिए ।