Ad Area Ad Area
Ad Area
Ad Area

सर्वोदय पुस्तकालयको मुखपत्र सर्वोदय पुस्तकको विमोचन

घोराही,१० वैशाख । सर्वोदय पुस्तकालय तथा वाचनालयको मुखपत्र सर्वोदय पुस्तकको विमोचन गरिएको छ । पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा पुस्तकालयको स्थापना कालदेखि नै महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएका पुर्व राष्ट्रिय पञ्चायत सदस्य एकराज शर्माको प्रमुख आतिथ्यतामा सर्वोदय पुस्तकको विमोचन तथा नया वर्षको शुभकाममा आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व राष्ट्रिय पञ्चायत सदस्य तथा पुस्तकालयका पुर्व सेक्रेटरी शर्माले स्वअध्ययन गर्ने स्थान पुस्तकालय भएको बताउनु भयो । दाङको पृष्टभुमी स्वअध्ययन गर्ने भएकाले स्वअध्ययन गरेर मत्रै व्यक्ति विद्वान बन्न सक्ने भन्दै पुस्तकालयका पुस्तक अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो ।

Blog Post Ad

राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष टीकाराम उदासीले पुस्तकको समिक्षा गर्दै अनुभव परक र खोजमुलक रहेको बताउनुभयो । पुस्तकालय, साहित्य, पत्रकारिका, ईतिहास, भूगोल, दाङको सांस्कृतिक महत्त्व, पर्यटनलगाएतका विषयलाई पुस्तकमा समाबेश गरिएको वताउनु भयो । कार्यक्रममा विभिन्न क्रियाशील साहित्यक संस्था, विद्यालयका शिक्षक, बाल क्लबका बालबालिकालगाएको सहभागीता रहेको थियो ।

Blog Post Ad

पुर्व अध्यक्ष पुरुसोतम खनाल, नागरिक समाज दाङका पुर्व अध्यक्ष टिकाराम रेग्मी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख भरतराज न्यौपाने, सल्लाहकार सम्भु गौतम, बिष्णा गौतम, नागरिक समाज दाङका अध्यक्ष केवी मसाल, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, पुस्तकालयका पुर्व संचालक रिषीराज जंगली, महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक धरणीकुमार शर्मा,देवी पोखरेल, सर्बोदय बाल क्लबका उपाध्यक्ष तथा नगरस्तरिय बाल क्लबका अध्यक्ष लक्ष्मी श्रेष्ठले ज्ञान बढाउनका लागी प्रत्येक नागरिकले लगानी र लगनशीलता बढाउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा साहित्यकार नगेन्द्र गुरुले आफ्ना पुस्तक पुस्तकालयका अध्यक्ष गौतमलाइ हस्तान्तरण गर्नु भएको थियो ।

पुस्तकालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सदस्य सुन्दर गौतमले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण सहसचिव शुसिला आचार्यले गर्नुभएको भएको थियो ।।

Blog Post Ad

Blog Post Ad
Ad Area