Ad Area Ad Area
Ad Area
Ad Area

भिक्टोरीया कलेजमा खेलकूद् सप्ताह शुरु

दाङ, ९ बैशाख । घोराहीस्थित भिक्टोरीया इन्टरनेशनल कलेजमा आजदेखि खेलकूद् सप्ताह शुरु भएको छ । बिबिए आठौं सेमेष्टर अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा सञ्चालन भएको खेल सप्ताहको उद्घाटन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केसीले टिम लिडर विकास कुमाल र सेफाली रोकालाई खेल सामग्री प्रदान गरी खेलको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै केसीले खेलले अनुशासन, सामूहिक कामको भावना र चुनौती सामना गर्ने कलाको विकास गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

Blog Post Ad

कार्यक्रममा कलेजका कोअर्डिनेटर केवि चौधरीले खेललाई मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी बिद्यार्थीहबीच आत्मीय भावना विकास गर्न आबश्यक रहेको बताउनुभयो । कार्यक्रममा बिबिए आठौं सेमेष्टरका बिद्यार्थीहरु श्रद्धा ज्ञवाली र कमल पुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Blog Post Ad

कार्यक्रमको सहजिकरण बिबिए आठौं सेमेष्टरका बिद्यार्थी प्रियंशा घिमिरेले गर्नुभएको थियो । खेल सप्ताहका क्रममा कलेजमा बिबिए अध्ययनरत बिद्यार्थीहरुबीच बिभिन्न खेलकूद् प्रतियोगिताहरु हुने कलेजका शैक्षिक कोअर्डिनेटर बामदेव भण्डारीले बताउनुभयो ।

Blog Post Ad

Blog Post Ad
Ad Area