Ad Area Ad Area
Ad Area
Ad Area

त्रिभुवननगर जेसीजद्धारा साहित्योत्सव सम्पन्न

दाङ, ७ बैशाख । त्रिभुवननगर जेसीजको जेसीज सप्ताह २०२२ का अवसरमा साहित्योत्सव गरिएको छ । हरेक वर्ष प्रारम्भको दिनदेखि साता व्यापी रुपमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै जेसीज सप्ताह मनाउँदै आएको त्रिभुवननगर जेसीजले आज साहित्यिक कार्यक्रम गर्दै जेसीज सप्ताह समापन गरेको छ ।

त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्यको अध्यक्षता तथा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासीको प्रमुख आतिथ्यतामा साहित्योत्सव कार्यक्रम गरी समापन गरिएको हो ।

Blog Post Ad

साहित्यिक कार्यक्रममा दीपक शर्मा समीर, टीका बस्नेत, सन्ध्या रेग्मी, हरिप्रसाद पौडेल स्वर्णशिखा, बिना रोका, श्रवण नेपाली, सुदृष्टि लक्ष्मीलगायतले साहित्यिक रचनावाचन गर्नुभएको थियो ।

Blog Post Ad

जेसीजको सप्ताह व्यापी कार्यक्रमका बारेमा जानकारी त्रिभुवननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा सप्ताह व्यापी कार्यक्रमका मूल संयोजक महेश गुप्ताले अवगत गराउनुभएको थियो ।

जेसीज सप्ताह २०२२ का अवसरमा बैशाख १ गते शुभकामना आदानप्रदान, २ गते भ्याट तथा ट्याक्स सम्बन्धी तालिक, ३ गते रक्तदान कार्यक्रम, ४ गते मोबाईल एडिक्सन सम्बन्धी अन्तरक्रिया, ५ गते शैक्षिक सामग्री वितरण, ६ गते लागूऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

Blog Post Ad

कार्यक्रममा दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्ती, वरिष्ठ साहित्यकार डा. कृष्ढाराज डिसीलगायतले बोल्नुभएको थियो ।

Blog Post Ad

उपाध्यक्ष अमर अधिकारीको स्वागतबाट शुरुभएको औपचारिक कार्यक्रमको सहजीकरण महासचिव कुलबहादुर वली र साहित्यिक कार्यक्रमको सहजीकरण टंक रावतले गर्नुभएको थियो ।

Ad Area