स्थानीय तह निर्वाचन : सुरक्षा समितिद्वारा देउखुरीका मतदान केन्द्रको निरीक्षण

शिवु खनाल
देउखुरी, ६ बैशाख। स्थानीय तहको निर्वाचन घोषणासँगै दाङ जिल्लामा रहेको सुरक्षा समितिले मतदान केन्द्रहरूको स्थलगत अवलोकन शुरू गरेको छ ।

यसै क्रममा दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति, दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोलीले सोमवार राजपुर गाउँपालिकामा रहेका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरिएको हो ।

Blog Post Ad

टोलीले राजपुर गाउँपालिका वडा नम्बर १ मा रहेको ज्याती आधारभूत विद्यालयमा गुरुङ्खोला, बाल जनता मा.वि कटबेरु, जनज्याती मा.वि बेला, शंकर आधारभूत विद्यालय खरदरिया मतदान केन्द्रको स्थलगत अवलोकन गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख अञ्जु केसीले जानकारी दिनुभयो ।

Blog Post Ad

त्यसैगरी राजपुर गाउँपालिका क्षेत्रमा रहेको आधारभूत विद्यालय दुलैया, दिब्यज्योती प्रा.वि जंग्रहवा, रात्री प्रा.वि गंगदी र आधारभुत विद्यालय सिक्टा मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले सोमबार स्थलगत अवलोकन एवम् निरिक्षण गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख अञ्जु केसीले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा स्थिति लगायतका विषयमा जानकारी पनि लिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनलाई भयरहित, विश्वसनीय बनाउन र जनतालाई आफ्नो मताधिकारबाट बञ्चित नगराउन मतदान केन्द्रको सुरक्षा अवस्था सम्बन्धी जानकारी लिएका बताउनुभयो ।

टोलीमा दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति, दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्ले, अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, प्रमुख सेनानी रविन्द्र महर्जन, सशस्त्र प्रहरी बल नं. २९ हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसी, लगायतको उपस्थिती रहेको थियो ।

दाङमा अहिले एकसय ५३ वटा मतदान केन्द्र रहेका छन् । जसमध्य टोलीले पहिलो चरणमा गढवा गाउँपालिका अन्र्तगत रहेका नौवटा मतदान केन्द्रको अवलोकन गरिएको थियो । ती सबै केन्द्रको अवस्था सन्तोषजनक रहेको छ ।

सरकारले दिएको जिम्मेवारी राम्रोसँग पूरा गर्नू : प्रजिअ रेग्मीे
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई उच्च मनोबल राखी सुरक्षा व्यवस्थामा मिलाउन निर्देशन दिन थाल्नुभएको छ ।

सोमबार राजपुर गाउँपालिकामा रहेको आठवटा मतदान केन्द्रको स्थतलगत अवलोकन गर्दै, इलाका प्रहरी कार्यालय गढवामा कार्यरत प्रहरीलाई स्थानीय तहको निर्वाचनमा उच्च मनोबल राखी सुरक्षा व्यवस्थामा मिलाउन निर्देशन दिनुभएको हो ।

स्थानीय तहको निर्वाचन हुने दाङको राजपुर गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा पुगेर अवलोकन पश्चात् प्रजिअ रेग्मीले निर्वाचन सुरक्षामा खटिने इलाका प्रहरी कार्यालय गढवाका सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ सतर्क रही सुरक्षा चुनौतीको समयमा नै मूल्यांकन गरेर आवश्यक कदम चाल्न निर्देशन दिएको बताउनुभयो ।

शान्त र भयरहित निर्वाचन सम्पन्न गराउन राज्यले प्रहरीलाई महत्वपूर्ण भूमिका दिएको भन्दै यसलाई अवसरका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।