Ad Area Ad Area
Ad Area
Ad Area

दाङसहित देशभर आजदेखि कृषि गणना गरिदै

दाङ, ६ बैशाख । दाङसहित देशभरमा आजदेखि कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालय दाङले आज देखी जेठ १९ गते सम्म गणनाको काम हुन लागेको जनाएको छ । 

कार्यालयले छनोट विधीमा आधारित गणनाको काम गर्न लागिएको जानकारी दिएको हो । कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले दाङमा करिब एक लाख ६ हजार किसानहरु रहेको बताउनुभयो ।

Blog Post Ad

ति मध्य ५ हजार ९ सय ७५ जनाको फारम भरेर छनौट विधी मार्फत कृषि गणना हुने उहाँको भनाई छ । प्रत्येक १० बर्षमा गरिदै आएको कृषि गणनाबाट कृषि क्षेत्रको विकासका लागि योजना तर्जुमा सँगै नीति तथा कार्य योजना बन्ने छ ।

Blog Post Ad

 ५ प्रतिशत किसानको स्याम्पलले एक सय प्रतिशत नतिजा निकाल्ने गरि काम हुने पोख्रेलले बताउनुभयो । गणकहरुले गणना स्थलबाट त्यस क्षेत्रका किसानहरुको खेतीको अबस्था, कृषि लागत, यान्त्रिक उपकरणको प्रयोगको अबस्था, अनुदानको अबस्थाका बारेमा जानकारी लिईने छ ।

Blog Post Ad

Blog Post Ad
Ad Area