Ad Area Ad Area
Ad Area
Ad Area

घोराहीमा ९० बिगाहा क्षेत्रफलमा जलाशय निर्माण


कविता डिसी

दाङ, ५ बैशाख । कुनै समय वर्षको अधिकांश महिना सुक्खा हुने घोराही उपमहानगरपालिकाका गाउँबस्तीका वडाहरु अहिले हराभरा हुन थालेका छन् । स्थानीय सरकारको प्रयासमा गरिएको असल अभ्यासले सुख्खा जमीन सिञ्चित हुँदै गएका छन् भने ताल तलैया, जलाशयमा पानी भरिन थालेका छन् ।

Blog Post Ad

बितेको करीव ५ वर्षको अवधिमा घोराहीका केही वडा बाहेक सबै वडामा गरी कुल ४३ वटा ताल तलैया, जलाशय निर्माण गरिएको छ ।

Blog Post Ad

पर्यावरण जोगाउन, कृषि क्षेत्रबाट नै आर्थिक उन्नति हासिल गर्न सकिन्छ भन्ने उद्देश्यलाई सार्थक बनाउन, बाह्रै महिना खेतबारीमा सिंचाई सुविधा पु¥याउन, रोजगारी सिर्जना गर्न, पर्यटन प्रवद्र्धन गर्नलगायत बहुुउपयोगी कामका लागि घोराही उपमहानगरपालिकाले पालिका स्तर, वडा स्तर, प्रदेश र संघसँगको सहकार्यमा बजेट व्यवस्थापन गरी झण्डै चारदर्जन ताल तलैया, जलाशय निर्माण गरी प्रयोगमा समेत ल्याइसकेको छ ।

घोराही उपमहानगरमा रहेका सीमसार क्षेत्र जोगाउन, आकाशको पानी सञ्चित गर्न र सिंचाई सुुविधा पुु¥याउन अति आवश्यक रहेका स्थानमा खोलाबाट बगेर यत्तिकै खेर गएको पानीलाई ड्यामकारुपमा विकास गरी जलाशय निर्माण गरिएको छ ।

Blog Post Ad

स्थानीय सरकारको संस्थापक जनप्रतिनिधिका रुपमा काम गर्न थालेयता घोराही उपमहानगरका जनप्रतिनिधिको सक्रियताले उपमहानगरका सबै वडामा गरी करीव ९० बिगाहा क्षेत्रफलमा जलाशय निर्माण गरिएको छ । यो घोराही उपमहानगर र त्यस मातहतका वडाहरुका लागि सबै भन्दा ठूलो उपलब्धी हो ।

Blog Post Ad

कुन वडामा कति जलाशय बने ?
अहिले घोराहीका सबैजसो वडामा जलाशय बनेका छन्, भने केहीमा बन्ने तयारीमा छन् । जलाशय नभएका वडाहरुमा वडानम्वर ३, ७, ९, १४, १५ र १९ रहेका छन् । ती वडाहरुमा पनि विभिन्न विकल्पहरुका माध्यमबाट त्यहाँका नागरिकले प्राकृतिक रुपमा बहने नदी, खोला र जलाशयको प्रयोग गर्दै आएका छन् ।

वडागत रुपमा हेर्ने हो भने सबैभन्दा धेरै जलाशय वडानम्वर १७ मा निर्माण गरिएको छ । त्यहाँ ८ वटा जलाशय बनेको छ । वडागत रुपमा बनेका जलाशयहरुअन्तर्गत वडानम्वर १ मा चरिङ्गे, भोटे, चेपे (२ नम्वर वडामा पनि पर्ने), गवरे र चुरे जलाशय रहेका छन् । यी जलाशय बनाउँदा हालसम्म तीन करोड पचास लाख खर्च भएको छ ।

वडानम्वर २ मा चेपे (२ नम्वर वडामा पनि पर्ने), बलरामपुर, सहरे जलाशय रहेका छन् । यी जलाशय बनाउँदा ८३ लाख खर्च भएको छ । चेपे जलाशयले सुर्केडाँगी, बाहुनटारी, राइटारीलगायतका ठाउँका लागि सिंचाई सुविधा पर्याप्त बनाएको छ । जल विहारको आकर्षक गन्तव्य मानिएको चेपे दह प्रसिद्ध बन्दै गएको छ ।

यसैगरी, वडानम्वर ४ मा अमारे, चरिखुुट्टे, छरछरे, रोहिणी, सुकी दह जलाशय निर्माण भएका छन् । जसका लागि २ करोड ६७ लाख ५० हजार खर्च गरिएको छ । यसैगरी वडानम्वर ५ मा धारापानी, भमकी सिमसार जलाशय १ र २ निर्माण गरिएका छन् । जसका लागि १ करोड ३० हजार खर्च भएको छ । धारापानीमा निर्मित जलाशय पर्यटन प्रवद्र्धनका दृष्टिले आकर्षक गन्तव्य बन्दै गएको छ ।

वडानम्वर ६ मा लख्वारे, पिपलछहारी, फचकपुर तल्लो र फचकपुुर माथिल्लो निर्माण गरिएको छ । जसका लागि ७८ लाख खर्च भएको वडा कार्यालयले जनाएको छ । वडानम्वर ८ मा एक वटा मात्रै जलाशय बनेको छ । दुुन्द्रा (लरैना) जलाशयका लागि १४ लाख खर्च गरिएको छ ।

वडानम्वर १० मा ठाँटी गाउँ जलाशय बनेको छ । जसका लागि ४२ लाख खर्च गरिएको छ । पालिकाको सबैभन्दा उपयोगी र वडाबासीले वर्षौंदेखि सपनाकारुपमा संगालेको सहज सिंचाईको विकासमा वडानम्वर ११ ले एउटा जलाशय निर्माण गर्न सफल भएको छ । निर्माण भएलगत्तै प्रयोगमा ल्याई स्थानीय बाँसगजेरीबासीको मुहारमा खुसी दिएको जलाशय हो–सिरुगैरा ताल । कुल ५३ लाखको लागतमा गत वर्षमात्रै थालनी गरिएको जलाशय बनाउने काम २०७८ जेठमा सम्पन्न गरी अहिले बाँसगजेरीबासीले प्रयोगमा ल्याई आफ्ना खेतबारी हराभरा बनाइसकेका छन् ।

वडानम्वर १२ मा ३ वटा जलाशय बनेका छन् । वडामा जंगखोली, वनबाटिका, साततले जलाशय बनेको छ । जसका लागि १ करोड ४२ लाख खर्च भएको छ । यो वडामा पनि पानीको अभाव हुँदै आएकोमा यी जलाशयले स्थानीयबासीलाई ठूलो राहत दिएको छ । यसैगरी वडानम्वर १३ मा ज्यामिरे र बाह्रकुने जलाशय रहेका छन् ।

ज्यामिरे जलाशय निर्माणका लागि १ करोड ६५ लाख खर्च भएको थियो । बाह्रकुुने दहको स्तर वृद्धिका लागि वृहत योजनाका साथ काम गर्न ६ करोड बजेट विनियोजन गरी काम अघि बढाइएको छ । यो क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले प्रसिद्ध क्षेत्र पनि हो ।

वडानम्वर १६ मा पनि गंगटिया तल्लो जलाशय र माथिल्लो जलाशय निर्माण भएको छ । जसका लागि ३१ लाख खर्च गरिएको छ । पालिकाभरमा सबैभन्दा धेरै र चर्चित जलाशय वडानम्वर १७ मा रहेका छन् । यी वडामा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी जलाशय बनेका छन् । अधिकांश सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरेर निर्माण गरिएको जलाशयले सिंचाईसँगै पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ । वडानम्वर १७ मा ८ वटा जलाशय बनाउन ७ करोड ३ लाख खर्च भएको छ ।

यसैगरी वडानम्वर १८ मा एकवटा निर्माणाधीनसहित ६ वटा जलाशय बनेको छ । अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र निर्माणाधीन काभ्रेखोला रहेका छन् । यी जलाशय निर्माणमा १ करोड ५ लाख खर्च भएको छ ।

जलाशय उपयोगीतामा स्थानीयका पहुँच बढ्यो
जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेपछि र गाउँलेहरुका लागि रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो । सुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि जनताको दैनिकीमा समेत परिर्वतन भएको र धेरैको रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाएको बताएको छ ।

उपमहानगरका इञ्जिनियर रामधन श्रेष्ठका अनुसार उपमहानगरभित्र नगर र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट र केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी जलाशय निर्माण गरिएको हो । निर्माण गरिएका जलाशयहरुको बहुुउपयोगितासँगै दीगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेल बताउनुभयो ।

‘बनिसकेका जलाशयको स्तरवृद्धि र थप बन्न लागेको जलाशयका लागि नगरका स्तर, वडास्तर तथा प्रदेश र संघबाट पनि समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ, केही गर्ने तयारी छ’, प्रमुुख इञ्जिनियर पौडेलले भन्नुभयो ।

उपमहानगरले सुरुवाती वर्षमा १२ वटा जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ वटा जलाशय निर्माण भएका छन् । उपमहानगरले पानीविनाको कृषि र सुन्दर गाउँको परिकल्पना गर्न नसकिने भन्दै उपमहानगरलाई जलाशयको नगर बनाउने अभियानलाई सार्थकता दिएको भन्दा अत्युुक्ति नहोला । जलाशय निर्माणसँगै स्थानीयले सिंचाई सुविधा लिएर कृषि पेसाबाट पनि मनग्गे आम्दानी उठाउन थालेपछि उत्साहित भएका उदाहरण पनि प्रसस्त छन् ।

उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन यो अभियानले सहयोग गरेपछि जनप्रतिनिधि पनि सुख्खा हुँदै गएको जमीन हराभरा बनाउँदै कृषि क्षेत्रलाई उत्प्रेरित गर्न र सिंगो उपमहानगरलाई जलाशयका माध्यमबाट परिचित गराउन पाउँदा गर्व महसुस गरिरहेका छन् ।

बनाइएका जलाशयमा स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती गरिरहेका उपमहानगरका प्रमुख नरुलाल चौधरीको भनाइ छ ।

‘खासगरी सुख्खा हुँदै गएको घोराहीलाई जोगाउन, सिँचाइ सुविधा बाह्रैमास पु¥याउन, व्यवसायिक पर्यटन, माछापालनका लागि हामीले कृत्रिम जलाशय निर्माण गरेका हौं’, उहाँले भन्नुभयो ‘मुख्य कुरा जलवायु अनुकूलनकै लागि हो भन्दा हुन्छ ।’ पानीको स्रोत व्यवस्थापन, वर्षातको पानी सञ्चित गर्ने, दीगोरुपमा बहुउपयोगमा लगाउने, जसका माध्यमबाट सिंचाई, पर्यटन, कृषि र वातावरण संरक्षणमा सहयोग पुगोस् भनेर नै यो अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।

यसले गर्दा जमिन चिसो हुने भएपछि कुवा, ईनार सुक्ने समस्या हट्दै गएको छ भने ड्यामले जमीन सिपेज हुने र तल्लो तहका जमिनलाई चाहिने पानी अभाव पनि नहुने अवस्था बनेको उनको अनुभव छ । गाउँमा रहेका कुवा, इनार, जरुवा, ट्यूववेलको पानी नसूकोस् भनेर पनि कृत्रिम जलाशयमा उपमहानगरले लगानी गरेको उहाँको भनाइ छ ।

एक कामले बहुउपयोगमा पनि यी जलाशयले भूमिका खेलेका छन् । घोराहीका धेरैजसो जलाशय पर्यटन प्रवद्र्धन गर्ने आधार पनि बनेका छन् । एउटा तालले कृषि, खानेपानी, पर्यटन, आयआर्जन र वातावरण सन्तुलन कायम गर्न प्रत्यक्ष–अप्रत्यक्ष टेवा दिएको हुँदा नगरको योजना अनुसार गरिएको कामले सफलता पाएको नगरप्रमुख चौधरीको विश्वास छ ।

जलाशय बनेसँगै कुुवा, इनार सुक्ने समस्या पनि अन्त्य भएको घोराही ४ लक्ष्मीपुरकी मीना पौडेलको भनाइ छ । यस्तै पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र कलकारखानालाई आवश्यक पानीको आपूर्तिमा पनि यसले सहजता थपिरहेको वडानम्वर १७ का कमल चौधरीको भनाइ छ ।

उता, उपमहानगरको आन्तरिक आय वृद्धि गर्न पनि जलाशयले टेवा पु¥याइरहेको उपमहानगरकी उपप्रमुुख सीता सिग्देल न्यौपानेको भनाइ छ । किसानलाई कृषि काम गर्न सिँचाई सुविधा सहज होस् र व्यवसायिक बनून् भन्ने उद्देश्यले नै जलाशय निर्माणलाई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

सिँचाइसँगै पानीको स्रोत बढाउने, पर्यटकलाई आकर्षण गर्ने, कुवा, जरुवा नसुकून् र गाउँबस्ती, खेतबारी हरियाली बनाउन जलाशयको अवधारणा उपमहानगरले अघि सारेको उहाँको भनाइ छ ।

घोराहीमा कुवा, जरुवा र टयूववेलको पानी सुक्दै गएको र सिंचाइको अभावमा आकाशे पानीको भरले उब्जनी नहुने भएपछि खेती गर्दा नोक्सानी व्यर्होनु परेको जस्ता गुनासा स्थानीय जनताबाट अत्यधिक आउने गरेको थियो । अहिले यो समस्या समाधान हुुँदेै गएका छन् ।

Ad Area