Ad Area Ad Area
Ad Area
Ad Area

घुम्न जाने होइन त ? ‘ देउखुरी ‘

शिवु खनाल
देउखुरी,५ बैशाख । देउखुरी क्षेत्रका पर्यटकीय स्थलमा चहलपहल बढेको छ । जस्ले गर्दा देउखुरीको पर्यटन क्षेत्रमा सुधारको सङ्केत देखिएको हो ।

देउखुरी क्षेत्रमा रहेका जखेराताल, जैविक विविधिता ग्रिनपार्क, कोइलाबासको रामजानकी मन्दिर, कुलपानी हरित पार्क, बगार बाबा धार्मिक विकस क्षेत्र रिहार, टेङ्नैया धाम, सुनछहारी झरना लगायतका विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरु दैनिक जसो बढिरहेका छन् ।

Blog Post Ad

आन्तरिक एवम् बाह्र्य पर्यटकको संख्या बढ्दा देउखुरीको आर्थिक गतिविधि चलायमान हुन थालेको व्यवसायीहरु बताउँछन् । (कोभिड १९) को महामारी बेला बन्द भएका देउखुरी क्षेत्रका पर्यकटीय क्षेत्रमा पर्यटकको आवागमन बढेपछि देउखुरी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित छन् । केही महिना अगाडि कोरोना भाइरसले देउखुरी क्षेत्रको पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प थियो ।

Blog Post Ad

पछिल्लो समय आन्तरिक तथा बाह्र्य पर्यटकले देउखुरी क्षेत्रका होटलहरु पनि भरिन थालेका छन् ।
जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अनुसार गत ०७८ साल शिवरात्रीको अवसरमा जखेरातालमा दशहजार आन्तरिक पर्यटकहरुले अवलोकन गरेको जनाएको छ ।

शिवरात्री र नयाँ वर्ष बैशाख एक गतेका दिन गरेर जखेरातालमा विस हजार आन्तरिक भित्राउन सफल भएको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले बताउनुभयो । उहाँका अनुसार जखेरातालमा दैनिक सरदरमा दुइसय भन्दा बढि आन्तरिक पर्यटकहरु आउँने गरेको जानकारी दिनुभयो ।

Blog Post Ad

जखेरातालमा देउखुरी क्षेत्रका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत पर्यटकहरु आउने गरेका छन् । महासचिव बञ्जाडेले भन्नुभयो,–। ‘पहिले जस्तो अन्य जिल्लाका विभिन्न स्थानबाट पर्यटकको आगमन भएको छैन तर, कोरोना भाइरसको समयभन्दा अहिले केही सुधारोन्मुख भने देखिएको छ । कोरोना भाइरस पछि विसहजार पर्यटकले जखेरातालको भ्रमण गरेका छन् । आगमी दिनहरुको सिजनमा भने अझ केही बढ्ने अपेक्षा गरिएको छ ।’

Blog Post Ad

पछिल्लो समय यता जैविक विविधता ग्रिनपार्कमा टिकटक देखि लिएर फोटो सेसन गर्न र पार्कको अवलोकन गर्न स्थानीय पर्यटकहरुको घुइचो लाग्ने गरेको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताउनुभयो ।

सिमसार क्षेत्र पर्यटन हब बन्दै
दाङको लमही नगरपालिका साविक सतवरिया (गा.वि.स) को सिमसार क्षेत्र पर्यटकीय हब केन्द्रका रुपमा विकास हुदैँछ । त्यस क्षेत्रमा प्रशस्त सिमसार रहेको र उक्त क्षेत्रको संरक्षणमा स्थानीयको जोड भएपछि पर्यटकीय हबको रुपमा विकास हुदैँ गएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो ।

पर्यटन प्रर्वद्धनको उद्देश्यले नगरको टेङ्नैया धार्मिक विकास क्षेत्र, बगार बाबा रिहार धाम, गुप्ती ताल, भिमबादमा पर्यटन प्रर्वद्धन तथा वनभोज स्थल निर्माण भएको छ । लमही नगरपालिकाको आर्थिक सहयोगमा एवम् स्थानीयको विशेष पहलमा वन संरक्षणसंगै उक्त क्षेत्रमा मठ–मन्दिरजस्ता धार्मिक संरचना, वनभोज स्थलहरु निर्माण गरिएका छन् ।

साविक सतवरिया गा.वि.स मा स्थानीय, विभिन्न वन उपभोक्ता समूहहरुको पनि पर्यटन प्रर्वद्धनमा उतिकै महत्पूर्ण भुमिका रहेको छ । शिवशक्ती बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनकबुढाले पर्यकटीय संरचनाहरु निर्माणमा सबै स्थानीयहरु जुटेको बताउनुभयो ।

सिमसार पर्यटकको राम्रो सम्भावना बोकेको पाइएपछि त्यसैमा जोड दिइरहेको उहाँले बताउनुभयो ।
साविक सतवरिया गा.वि.स मा यहाँको वडा र नगरपालिकाले समेत साथ दिएकोले उक्त क्षेत्र पर्यटकीय हबका रुपमा विकास हुदैँ गएको उहाँले धारणा व्यक्त गर्नुभयो । लमही नगरपालिका लगायत देउखुरी क्षेत्रमै ठूलो मात्रामा सिमासार क्षेत्र रहेकाले ती सबैको संरक्षण नगरपालिकाले गर्ने र सिमसार पर्यटन विकास गर्ने योजना रहेको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो ।

लमही नगरपालिका बाँके राष्ट्रिय निकुञ्जसंग जोडिएको हुनाले शीतल वन जंगल क्षेत्र र प्राकृतिक पर्यावरण प्रशस्त रहेकाले वन्यजन्तु हेर्नका लागि जंगल सफारीको विशेष सम्भावना रहेको अधिकृत डाँगीको भनाइ रहेको छ । उहाँले लमही नगरपालिका साविक सतवरिया गा.वि.स क्षेत्रमा रहेको राप्ती नदी, तेलीयाको ताल, रिहार ताल लगायतका विभिन्न तालमा गोही रहेका छन् ।

ती गोहीहरुको संरक्षण गर्न विशेष योजना बनाइ अगाडि बढ्ने अधिकृत डाँगीले बताउनुभयो । यस्तै लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले लमही नगर क्षेत्रमा रहेको सिमसार क्षेत्र पर्यटन आकर्षणको विशेष केन्द्र बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस सिमसार क्षेत्रको संरक्षण र प्रचारप्रसार गरेर सिमसार पर्यटनको विकासमा लागि गरेको बताउनुभयो ।

Ad Area