Ad Area Ad Area
Ad Area
Ad Area

दाङ उवासंघद्वारा २०७९ सालको भित्तेपात्रो विमोचन

दाङ, २७ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको गल्ला तथा किराना व्यवसायी समितीले प्रकासन गरेको २०७९ को भित्रेपात्रोको विमोचन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि भित्रेपात्रोको विमोचन गरिएको हो । संघका अध्यक्ष टंकसिंह वुढाथोकी तथा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल एवम अन्य अतिथीहरुले लगाएले भित्रेपात्रोको विमोचन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष वुढाथोकीले निजी क्षेत्र समस्यामा परेको बताउनुभयो । कोभिड तथा पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण व्यवसायीहरु मारमा परेको उहाँले बताउनुभयो । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसायीहरुले आफनो व्यवसाय मर्यादित बनाउनु पर्ने बताउनुभयो ।

Blog Post Ad

व्यवसायीहरु व्यवसायीक अन्य विषयमा भन्दा पनि मुदामा ध्यान दिएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा वोल्ने बक्ताहरु व्यवसायीक एक्ताका साथ अगाडि वढनु पर्ने बताएका थिए ।

Blog Post Ad

समितीका अध्यक्ष विनोदप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । समितीका सचिव सुरज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समितीका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले गर्नुभएको थियो ।

Blog Post Ad

Blog Post Ad
Ad Area