Ad Area Ad Area
Ad Area
Ad Area

घोराहीका महिलाहरु खोले साग बेचेर मनग्य आम्दानी गर्दै

विकेक प्रयोग गर्दै मिहेनत गरे कमाउन सहज

चन्द्रप्रकाश नेपाली
दाङ, १० चैत । दाङको घोराहीमा खोलामा पाइने खोले साग स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । गाउँदेखि सहर बजारसम्म खोले सागको माग बढ्न थालेपछि खोला छेउका स्थानीय महिलाहरुले खोलामै खोले साग रोप्ने र टिपेर बिक्री गरी आम्दानी गर्दै आएका छन ।

Blog Post Ad

घोराहीका कटुवा खोला, सिस्ने खोला, सेवार खोलासँगै दाङका विभिन्न खोलाहरुमा अहिले खोले सागको उत्पादन राम्रो देखिन्छ । सीम साग, पालुंगे साग जस्ता नामले पनि चिनिने खोले साग खान पछिल्लो समय धेरैले रुचाउने गरेका छन् । केही वर्ष पहिले खोलामा आफै फल्ने र बर्खामा भेलसँगै बगेर जाने खोले सागलाई महिलाहरुले व्यवस्थित तरिकाले उत्पादन गर्दै बिक्रि गरेर राम्रो आम्दानी लिन सफल भएका छन् ।

Blog Post Ad

घोराहीको कटुवा खोलामा खोले साग रोपेर बिक्री गर्दै आउनु भएकी खिमा विक भन्नुहुन्छ,–‘ खोले साग रोपेको एक महीना भित्र नै बेच्ने लायक हुन्छ , रोप्नुबाहेक यसको खेती गर्न कुनै लगानी पनि गर्नु पर्दैन , त्यसैले विना लगानी त्यसै खेर गइरहेको खोलाको पानी सदुपयोग गरेर खोला सफा गर्दै खोले सागको खेती गर्दै आईरहेका छौ । जब पहिलो पटक टिपिन्छ त्यसको केही हप्ता दिनमै फेरि साग टिप्न सकिने भएकोले साप्ताहिक रूपमा आम्दानी लिन सकिन्छ ।

अरु तरकारी बेच्न बजारसम्मै धाउनुपर्छ तर खोले साग किन्न ग्राहकहरु खोलामैं आउछन् । खोलामा खोले साग रोप्दा हेरचाह पनि धेरै गर्नु नपर्ने भएकोले खोले सागको खेतीतर्फ लागेका हौँ ।, उहाँले भन्नुभयो ।

Blog Post Ad

यो सागमा कुनै मल विषादि प्रयोग नगरिने भएकोले आर्गेनीक पनि हुन्छ हुन भने यो साग खादा महिलाहरुको प्रजन्न स्वास्थ्यलाई समेत फाईदा पुग्ने, जिउ दुखेको ठिक पार्ने, कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्छ । बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयले खोलामै व्यावसायिक रूपमा खोले सागखेती गर्न थालेका हुन् । खोलामा त्यसै खेर गइरहेको साग अहिले भने सिजनमा प्रत्येक वर्ष २५ देखि ३० हजार रुपैयाँ सम्म बेच्ने गरेको शुसिला नेपाली बताउनु हुन्छ ।

Blog Post Ad

उपभोक्ता साग किन्न आफैं खोलासम्म पुग्ने गर्छन् भने कतिपय किसानहरु बजारका विभिन्न स्थानमा पुगेर समेत बिक्रि गर्दैै आएका छन् । खोलामा किन्न पुग्नेहरुलाई २५ देखी ३० रुपैयाँ मुठामा बिक्री गर्छन् भने बजारमा व्यापारीहरुले ६० देखी माथि नै विक्री गर्ने उनिहरुको भनाई छ । सङगलो पानी बग्ने स्थानमा खोले साग फल्छ भने पानी फोहरमैलो र रसायनयुक्त हुन थालेमा भने खोले साग आफै नष्ट भएर हराउछ ।

मङ्सीर महिनादेखि चैत महिना सम्म खोलामा पाईने यो सागको उत्पादनका लागी आफुले निकै मेहनत गरेको किसान सुशिला गुरुङको भनाई छ । उहाँले खोलामा भएको गहिरो पानीलाई छिपछिपे सानो पानिमा परिवर्तन गराई फोहर खोलालाई सफा गरेर खोले रोपेको सुनाउनु भयो ।


अहिले घोरहीका खोलामा उत्पादन भएका साग किन्नका लागी छिमेकी पालिका लमहीदेखी लिएर कृष्णनगर, नेपालगञ्ज, शिसहनियासम्मका नागरिकहरु आउने गरेका छन् । थोरै विकेक र मिहेनत गर्ने हो भने कमाउनका लागि खासै समस्या नहुने स्थानीय महिलाहरु बताउँछन् ।

Ad Area