Ad Area Ad Area
Ad Area
Ad Area

लायन्स क्लव नितान्त सामाजिक सेवा गर्ने संस्था हो : अध्यक्ष श्रेष्ठ

लायन्स क्लवले विगत १२ वर्ष देखि दाङमा विभिन्न सामाजिक काम गर्दै आएको छ । क्लवले विभिन्न पाँच क्षेत्रसँगै राष्ट्रिय तथा स्थानियस्तरमा देखिने विपद् व्यवस्थापनको लागि पनि प्रभावकारी रुपमा काम गर्दै आएको छ ।

लायन्स क्लव अफ घोराही सिटिले पनि विभिन्न खालको कामहरु गर्दै आएको छ । हामीले लायन्सले गर्दै आईरहेका कामका बारेमा लायन्स क्लव अफ घोराही सिटि वर्ष २०२१÷२०२२ का अध्यक्ष ललित श्रेष्ठसँग कुराकानी गरेका छौँ ।–
प्रस्तुती : चन्द्रप्रकाश नेपाली

Blog Post Ad

ललित श्रेष्ठ
अध्यक्ष वर्ष (२०२१÷२०२२)
लायन्स क्लव अफ घोराही सिटि

Blog Post Ad

स्वागत छ अध्यक्ष ज्यू ।
धन्यवाद !

लाईन्स क्लवमा तपाईको यात्रा कसरी सुरु भयो ?
२०६६ सालमा तुलसीराम राणाको अध्यक्षता पहिलो पटक लाईन्स क्लव अफ घोराही सिटि दर्ता भयो । त्यतिवेला स्थापना कालदेखी नै म क्लवमा सधारण सदस्यको रुपमा रहेर क्रियाकलाप गर्दै आए । त्यसपछि धेरै वर्ष सम्म साधारण सदस्य रहेर काम गरे । केही वर्ष पछि सहकोषाध्यक्ष हुदै बिभिन्न ईन्टरनेशनल मनोनित पदहरुमा काम गर्दै अहिले क्लवको अध्यक्ष भएको छु ।

Blog Post Ad

लाईन्स क्लव अफ घोराही सिटिको अध्यक्ष भैरहदा खेरी तपाईले आफ्नो जिम्मेवारीलाई कसरी लिनुभएको छ ?
यो क्लव एउटा ईन्टरनेशनल संस्था हो । यस अन्तरगत मेरो कार्यसमितीलाई घोराही सिटीको जिम्मेवारी छ । संस्थाका विभिन्न लक्ष्य र उद्देश्य रहेका छन् । ति लक्ष्य प्राप्तिका लागी म लगाएत मेरो कार्यसमितीले आफ्नो क्रियाशिलता देखाउदै काम गरिरहेको छ । स्वास्थ्य, वृक्षारोपन, समाजमा आकास्मत् आईपर्ने समस्या समाधानका लागी पनि हामीले काम गर्दै आएका छौँ ।

Blog Post Ad

तपाई अध्यक्ष भैसकेपछि तपाईहरुले गरेका काम केके छन् ?
मेरो कार्यकाल सुरु भएको ५ महिना वितिसक्यो । यो अवधिमा हामीले कोरोना महामारी नियन्त्रणदेखी लिएर अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने कार्यक्रमहरु सम्पन्न गरेका छौँ ।

कोरोना भाईरसको संक्रमण पुर्ण रुपमा नियन्त्रण नहुदै हामीले दाङको बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिका सेनिटाईजर, मास्क, अक्सिजन नाप्ने यन्त्र, कन्सनट्रेटर मेसिनलगाएत सामाग्री वितरण ग¥यौँ । जसले कोरोना न्यूनिकरणमा ठुलो सहयोग पुराएको विश्वास हामीले लिएका छौँ । यस्तै हामीले घोराहीको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० थान अक्सिजन सिलिन्डर रिफिल गरिदियौ ।

कोरोना महामारीको रुपमा फैलिएर अक्सिजनको निकै अभाव भएका वेला हामीले जिल्ला बाहिरबाट अक्सिजन सिलिन्डरहरु ल्याई सहयोग समेत ग¥यौँ । हेटौडा जिल्लाबाट हामीले त्यतीवेला ३ लाख रुपैयाँभन्दा धेरै मूल्य वरावरको अक्सिजनसहितको १२ थान सिलिन्डर ल्याएर घोराही उपमहानगरपालिकामार्फत् प्रतिष्ठानलाई नै सहयोग गरेका थियौ । पत्रकार महासंघलाई पनि हामीले विभिन्न सामाग्रीहरु सहयोग गरेका थियौ ।

समाज सेवी भोलानाथ योगीले घोराहीमा अनाथ बालबालिकाहरुलाई आभिभावाक्त्व प्रदान गर्दै आएको शान्ति बाल आश्रममा हामीले खाद्यान्न लगाएत स्टेशनरी समाग्रीहरु समेत प्रदान गरेका थियौ । यस अघि विमल श्रेष्ठ अध्यक्ष हुदा निर्माणको काम थालिने गरिएको सर्रा चोकमा प्रतिक्षालय निर्माणको काम सकेर घोराही वडा नंम्वर १६ लाई हस्तान्तरण समेत गर्न सफल भएका छौँ ।

विभिन्न समाजसेवासँग जोडिएका कामहरु गर्दा आर्थिक पाटोको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
लायन्स क्लवमार्फत् काम गर्दा हामीले क्लव भित्रका सदस्यहरुबाट पनि सहयोग रकम संकलन गर्नेे गरेका छौँ । अर्काेतिर हामीले ठुला ठुला कामहरु गर्दा देश तथा विदेशमा रहने अन्य व्यक्तिहरुसँग पनि सहयोग रकम संकलन गरेर समाज सेवाको पाटोलाई प्रभावकारी बनाउदै लगेका छौँ ।

लायन्स क्लवले अरुको तुलनामा कसरी नमुना र प्रभावकारी काम गरेको छ ?
समाज सेवा गर्ने जति पनि संस्था समाजको लागी अपुग हुन्छ । हामी अरुको तुलनामा नमुना र फरक हुनको लागी युवा, वतावरण, बाल क्यान्सर, भोक र सुगर रोगको क्षेत्रमा गरी काम गर्ने ५ क्षेत्र छुटाईएका छौ । यसबाहेक समाजमा जुन कुनै समयमा देखा पर्ने विपद् व्यवस्थापनका लागी हामीले काम गर्दै आएका छौँ ।

लायन्स कल्व कस्तो संस्था हो ? यसमा कस्ता व्यक्तिहरु आवद्ध हुन सक्छन् ?
यो संस्थामा जोडिनलाई कुनै उमेर हद बन्दि हुदैन् । यो नितान्त सामाजिक सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको एउटा संस्था हो ।

यसमा आवद्ध हुने व्यक्तिले आर्थिक आम्दानी गर्ने नभई समाज सेवाका लागी काम गर्ने उद्देश्य राख्नु पर्दछ । गतवर्षको तथ्यांक अनुसार क्लवको घोराही सिटीमा ४८ जना थियौ भने अहिले ६० पुगेका छौ । सामाजिक सेवा गर्ने भावना भएका जो कोही व्यक्ति पनि क्लव जोडिन सक्छन् ।

धनि, गरिव, शिक्षित, अशिक्षित, जात, धर्म कुनै पनि आधारमा कोही जोडिन सक्दैन् भन्ने छैन् । काम गर्ने इच्याशक्ति भएका सबै व्यक्तिहरु जोडिन सक्छन् । यसमा सदस्यता लिएपछि वार्षिक रुपमा सदस्यता नविकरणका लागी ४५ डलर निर्नुपर्ने हाम्रो नियम रहेको छ ।

तपाई आफु विभिन्न क्षेत्रमा क्रियाशिल हुदा क्लवको कामले कस्तो असर गर्दाे रहेछ ?
यसले नकारात्मक असरभन्दा पनि सकारात्मक असर वा भनौ प्रभाव मात्रै पारेको मैले महशुस गरेको छु । मैले आफुले गर्ने व्यवसायदेखि लिएर विभिन्न क्षेत्रको काममा गर्दा सबैसँग आत्मियता बढ्दा काम गर्न निकै सहज भएको महशुस मैले गरेको छु ।

क्लवमा आवद्ध भएर विभिन्न कार्यक्रम तथा सेमिनारका लागी विभिन्न ठाउँमा पुग्दा मैले आफ्नो क्षमता विकासका लागी थप अवसर प्राप्त गर्ने अवसर पाएको छु । मैले अहिले घोराही १५ जिविस रोडमा होन्डा ब्राण्डको मोटरसाईकल तथा स्कुटीको थोक विक्रेताको रुपमा ललित ईन्टरप्राईजेज सञ्चालन गरेको छु ।

घोराही ५ धर्नामा धर्ना मल्टि एग्रो प्राली सञ्चालन गर्दै आएको छु । मनकाशी सिनेम्पेलेक्स ३ जनाले संयुक्त रुपमा सञ्चालन गर्दै आएका छौँ । यसरी विभिन्न क्षेत्रमा आवद्धता र सफलताको पछाडीको दरिलो माध्यम मैले मेरो समाजिक सतकर्मलाई नै ठान्छु ।

लायन्स क्लवमा अध्यक्ष भएर काम गर्दा अवसर र चुनौती के कस्तो हुन्छ ?
सबैको आफ्नो दैनिकी फरक हुन्छ । म मेरो व्यवसाय र विभिन्न क्षेत्रको क्रियाशिलताका कारण व्यस्त भैरहदा समाज सेवासँग जोडिन पाउदा खुशी छु । मनको सन्तुष्टिका लागी समाज सेवा निकै महत्वपुर्ण हुने मैले देखे । हेरेक कुरामा अवसर र चुनौती दुवै हुन्छ ।

क्लवकै कामले हिड्नुपर्दा विभिन्न खालका चुनौतीहरु आउन सक्थे तर मैले ति चुनौतीहरुलाई अवसरको रुपमा परिमार्जित गर्दै अघि बढेको छु । क्लवका लागी छुट्टै समय छुटाउनु पथ्र्याै । तर त्यो छुट्टै समय छुटाउदा समाज र मलाई नोक्सानी नभाई फाईदा हुदा मैले अवसरका रुपमा लिने गरेको छु ।

क्लवमा तपाईले नेतृत्व गरिरहदा अवको आगामी योजना कस्तो बनाउनु भएको छ ?
क्लव म अध्यक्ष भएपछि मैले काम गर्ने भनेर बनाएका योजनाहरु मध्ये अझै पनि केही कामहरु गर्न बाकी रहेका छन् । जसअन्तरगत हामीले अहिलेसम्म क्लवको आफ्नै कार्यालय बनाएका छैनौँ । मेरो कार्यकालदेखी कार्यालय सञ्चालनका लागी जमिन खरिद गर्ने योजना स्वारुप एउटा रकम सहयोग अभियनाको थालनी गरेका छौँ ।

अभियानमा अहिलेसम्म क्लवका पुर्व अध्यक्ष तथा पदाधिकारी, साधारण सदस्य तथा क्लवका पदाधिकारीहरुबाट रकम संकलन गर्ने काम भैरहेको छ । हामीले अवको केही समयमै जमिन खरिद गर्ने योजनामा छौँ ।

यस्तै अन्य कामहरुमा नेपालगञ्ज मेडिकल कलेजसँगको सहकार्यमा धेरै रोगका विशेषज्ञ चिकित्सकहरुद्धारा सेवा प्रदान गर्ने उद्देश्यका साथ एकदिने शिविर सञ्चालन गर्ने योजना बनाएका छाँै । नेपालगञ्ज मेडिकल कलेजले हाम्रो प्रस्ताव स्वीकार गरेमा हामीले शिविर सञ्चालन गर्ने छौँ । कोरोनाका कारणले हामीले मौसमअनुसार वृक्षारोपन गर्नुपर्ने लगाएका कामहरु गर्न भने सकेका छैनौँ ।

अन्त्यमा मैले नसोधेका र तपाईलाई भन्न मन लागेका त्यस्तो केही छ भने ?
मलाई क्लवका बारेमा आफ्ना अनुभव राख्ने अवसर दिनुभयो । यस्को लागी पनि तपाईहरुलाई विशेष धन्यवाद छ । मेरो कार्यकालमा हामीले आटेका विभिन्न कामलाई पुरा गर्न देश तथा विदेशमा रहनुहुने सहयोगी मनहरुले गरेको सहयोगलाई सम्झन्छु ।

साथै सबैमा एकमुष्ट रुपमा धन्यवादका शव्दहरु व्यक्त गर्छु । साथै मेरो कार्यकाललाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहनु भएका पुर्व अध्यक्षहरु एवं वर्ष २०२१÷२०२२ मा विभिन्न पदमा रहेर काम गर्ने साथीहरुलाई सम्झन्छु ।

हवस्त यो समय र संवादका लागी तपाईलाई धेरै धेरै धन्यवाद ।
यहाँहरुको राजमार्ग अनलाईन टिमलाई पनि पुनः धन्यवाद ।

Ad Area