Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा ६३ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

दाङ, ७ माघ । दाङमा ८८ प्रतिशतले कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ४ लाख २३ हजार ५ सय ७३ जनालाई खोप लगाउने लक्ष्य थियो । जसमध्ये ८८ प्रतिशतले पहिलो डोज खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार पहिलो डोज खोप ८८ र दोस्रो डोज खोप ६३ प्रतिशतले लगाएका छन् । जिल्लामा ३ लाख ५० हजार ५ सय जनाले पहिलो मात्राको खोप लगाएका छन् भने २ लाख ६७ हजार ६ सयले दोश्रो मात्राको खोप लगाएका छन् ।

Blog Post Ad

त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका २२ हजार चार सय बढी बालबालिकाले खोप लगाएका छन् । पहिलो चरणमा घोराही उपमहानगरपालिका अन्तर्गतका बालबालिकाहरुलाई खोप मात्रै लगाइएको शाहीले जानकारी दिए । बाँकी खोप प्राप्त भए लगतै जिल्लाका सबै स्थानीय तहका बालबालिकाहरुलाई खोप लगाइने प्रमुख शाहीले बताए ।

Blog Post Ad

कोडिभ संक्रमणको दर बढीरहँदा जिल्लामा खोप अभियान तीव्र पारिएको उनले बताए । ‘पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाई खोप लगाइरहेका छौं,’ उनले भने, ‘अहिले पनि खोप लगाउनेक्रम जारी छ ।’

बुस्टर डोज लगाउन सुरु

Blog Post Ad

जिल्लामा कोभिड–१९ विरुद्धको बुस्टर डोजको खोप लगाउन शुरु गरिएको छ । सरकारले २ गतेबाट बुस्टर डोज लगाउन भनिए पनि जिल्लामा भने मंगलबारबाट फ्रान्टलाइनमा खटिएकाहरुलाई बुस्टर लगाउन शुरु गरिएको हो ।

Blog Post Ad

२ सय ४० बढी सुरक्षाकर्मीहरुलाई बुस्टर डोज खोपको लगाएर सांकेतिक रुपमा शुरुआत गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

बुस्टर डोज खोप पहिलो चरणमा १४ गतेसम्म अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेवक र सञ्चारकर्मी लगायतलाई दिइने छ भने माघ १४ गतेपछि ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई दिइने शाहीले जानकारी दिए ।

जिल्लामा उपलब्ध भएको खोपका आधारमा ५० हजार बढीलाई बुस्टर डोज लगाउने लक्ष्य रहेको उनले बताए ।

Ad Area