Ad Area Ad Area
Ad Area
Ad Area

छिल्लीकोटमा जीपलाइन निर्माणको काम सुरु

दाङ, ७ माघ ।दाङको तुुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोटमा साहसिक खेल जीपलाइन निर्माणको काम सुरु भएको छ । लुम्बिनी प्रदेशको दाङमा पहिलो पटक जीपलाइन सञ्चालनमा ल्याउन थालिएकोे हो ।

छिल्लिकोटको कालिका मन्दिर देखि चोरकाडेको भेरीखोर डाडा सम्म लगभग ३ हजार मिटरको दुरीमा जिपलाईन निर्माण गर्न थालिएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष परविर पुन मगरले जानकारी दिनुभयो ।

Blog Post Ad

करिब १ करोड १० लाखको लागतमा छिल्लीकोट रिसोर्ट एण्ड एड भन्चर प्राली दाङले जीपलाइन बनाउन थालेको हो । आगामी चैतसम्म निर्माण सक्ने गरि जिपलाईन निर्माणको काम सुरु भएको कोषाध्यक्ष पुन मगरले बताउनुभयो ।

Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको भूल्के सामुदायिक वनसँग जीप लाइन सञ्चालनका लागि दश वर्षे सम्झौता गरिएको उहाले बताउनुभयो ।

Blog Post Ad

Blog Post Ad
Ad Area