Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा ६ महिनामा १४ प्रतिशत मात्र विकास बजेट खर्च

दाङ, ७ माघ । दाङमा चालू आर्थिक वर्ष ०७८–०७९ को ६ महिनामा १४ प्रतिशित मात्र विकास बजेट खर्च भएको छ । बितेको ६ महिनाको जिल्लामा विकास लक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार संघबाट जिल्लामा विनियोजीत भएको बजेटको पूँजीगत तर्फ ४ अर्ब ४७ करोड ६५ लाख ७२ हजार मध्ये पुस मसान्त सम्ममा ६४ करोड २६ लाख ३४ हजार ९ सय ५४ रुपैयाँ मात्रै खर्च भएको छ । जिल्लामा विकास बजेटका लागि छुटट्याइएको कुल बजटे मध्ये खर्च भएको १४.३५ प्रतिशत हो ।

Blog Post Ad

त्यस्तै चालू खर्चतर्फ तलवभत्ता, कर्मचारीको सेवा सुविधामा भने उल्लेखीय रुपमा बजेट खर्च भएको छ । चालूगत तर्फ ६ महिनामा ४८.५४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

Blog Post Ad

चालू तर्फको कुल ८ अर्ब ६२ करोड ४७ लाख २४ हजार २ सय २३ रुपैयाँ मध्ये हालसम्म ४ अर्ब १८ करोड ६५ लाख २४ हजार ५ सय ८३ रुपैयाँ खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले विगतका वर्षझै यसवर्ष पनि विकास बजेट खर्चमा सुधार आउन नसकेको बताउनुभयो ।

उहाका अनुसार आधा वर्ष बित्दा कम्तिमा ४० प्रतिशत बढि खर्च भइसक्नुपर्ने थियो । तर १४ प्रतिशतमात्र विकास बजेट खर्च भएको छ । समयमै पुजिगत बजेट खर्च नहुँदा आर्थिक वर्षको अन्त्यमा बजेट सक्न हतारो हुने सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

Blog Post Ad

यता, प्रदेश सरकार अन्तर्गतको विकास बजेट खर्च पनि निराशाजनक देखिएको छ । आधा वर्षको भइसक्दा प्रदेश सरकार अन्तर्गत पुजीगत तर्फको बजेट १२.१२ प्रतिशत मात्रै खर्च भएको छ ।

Blog Post Ad

कार्यालयको अनुसार प्रदेश सरकारले विनियोजन गरेको ३ अर्ब ५७ करोड ११ लाख ३१ हजार रुपैयाँमध्ये जिल्लामा ६ महिनामा ४३ करोड २८ लाख ९४ हजार ५० रुपैयाँ मात्रै खर्च भएको छ ।

त्यस्तै प्रदेश सरकारले विनियोजन गरेको चालु खर्चको बजेट पनि अत्यन्तै निराशाजनक छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटको चालु तर्फ जम्मा २५.५८ प्रशितम मात्रै खर्च भएको छ ।

कुल १ अर्व ५४ करोड ६० लाख २१ हजार विनियोजित बजेट मध्ये हालसम्म जम्मा ३९ करोड ५४ लाख २५ हजार ४ सय २ रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ छ ।

Ad Area