दाङ, ५ माघ । पश्चिमदाङका युवा प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसरमा खेलकुद सामाग्री वितरण गर्नु भएको छ । आफ्नो जन्मदिनमा फजुल खर्च नगरेर युवा खेलाडिको मनोबल बढाउन खेलकुदका विभिन्न सामाग्री वितरण गरेको नेता बस्नेतले बताउनुभयो ।
पश्चिमदाङका शान्तिनगर गाउँपालिका सबै वडा, बबई तथा दंगिशरणका केहि वडा युवा खेलाडिलाई खेलकुद सामाग्री वितरण गरेको उहाँले बताउनुभयो ।

‘खेलप्रति चासो राख्ने युवालाई थोरै भएपनि सहयोग गरौं भन्ने सोच जाग्यो, युवाहरु विभिन्न क्षेत्रबाट पछि पर्दै आएका छन्’ नेता बस्नेतले भन्नुभयो, ‘हामीले युवा मनोभावना तथा खेलप्रति अग्रसर गराउदै सक्षम युवा तयार पार्नुपर्छ ।’ शान्तिनगर, बबई तथा दंगिशरणका विभिन्न टोल टोलमा गएर युवा नेता बस्नेतले युवा खेलाडिहरुलाई खेलकुद सामाग्री प्रदान गर्नु भएको थियो ।
