Ad Area Ad Area
Ad Area
Ad Area

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफले जित्यो

काठमाण्डौ, ५ माघ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो । जितका लागि एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो । पुलिसका दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

Blog Post Ad

एपीएफका किशोर महतोले ३ तथा अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एकरएक विकेट लिए । एपीएफका अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । यस्तै लोकेश बमले २७ रन र सन्दीप जोराले २४ रन जोडे । कप्तान शरद भेषवाकर १९ रनमा आउट भए ।

Blog Post Ad

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीनरतीन विकेट लिए । गुलशन झाले दुई, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एकरएक विकेट लिए । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।

Blog Post Ad

Blog Post Ad
Ad Area