Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा जारी एन्फा लिगका खेलहरु पर्सीबाट शुरु हुने

दाङ, १ माघ । दाङमा जारी एन्फा लिगका खेलहरु पर्सीबाट शुरु हुने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले आयोजना गरेको लिगका खेल माघी पर्व एवं मकर संक्रान्ति पर्व परेपछि खेलाडी र अफिसियलहरुको सहमतिमा केही दिनका लागि भोलिसम्म स्थगित गरिएको छ ।

गएको पुस १४ गतेबाट शुरुभएको लिग अन्तर्गतका खेलमा सबै क्लबले समान ५–५ खेलिसकेको दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिनुभयो ।

Blog Post Ad

जिल्ला फुटबल संघमा आवद्ध १० वटा क्लबबीचको बाँकी खेल अब पर्सिबाट शुरु गर्ने एन्फा दाङ जिल्ला फुटबल लिग संयोजक बुद्धिराम पुनले सूचनामार्फत जानकारी गराएका छन् । अब पर्सी दिउँसो १२ बजेपछि सक्सेस र युएनबीसी बीचको खेलबाट लिग सुचारु हुने भएको छ ।

Blog Post Ad

Ad Area