Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा हुने भनिएको लुम्बिनी प्रदेश स्तरीय हाप्किडो प्रतियोगिता स्थगित

दाङ, १ माघ । दाङमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय हाप्किडो प्रतियोगिता स्थगित भएको छ ।

दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा लुम्बिनी प्रदेश हाप्किडो संघ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको सहकार्यमा माघको ४ देखि ६ गते सम्म आयोजना गर्ने घोषणा गरिएको लुम्बिनी प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप कोरोना भाइरसका कारण स्थगित गर्नु परेको आयोजक दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढा मगरले जानकारी दिनु भयो ।

Blog Post Ad

कोरोना भाइरस नेपालमा पनि फैलन सक्ने हुदा कुनै पनि भिडभाड हुने खालका कार्यक्रमहरु नगर्ने जिल्ला प्रशासनले निर्णय गरेपछि खेल प्रतियोगिता नगर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशन र बर्तमान अवस्थामा जनस्वाश्थ्यको ख्याल गर्दै प्रतियोगिता स्थगित गरिएको अध्यक्ष बुढामगरले बताउनु भयो ।

Blog Post Ad

माघको ४, ५ र ६ गतेसम्म प्रदेश स्तरको सो प्रतियोगिता दाङको घोराही शहरमा गर्न लागिएको थियो । उक्त च्याम्पियनसिपको उद्घाटन लुम्विनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले उद्घाटन गर्ने रहेको थियो ।

वृहत प्रतियोगिताको भव्य तयारीमा प्रदेश, जिल्ला र स्थानियतहका सबै समितिहरु लागिसकेको अवस्थामा प्रतियोगिता स्थगित गर्नु परेकोमा सबैप्रति क्षमा याचना गर्दै सहज अवस्था आएपछि प्रतियोगिताको नया मिति तय गरिने आयोजक संघले जनाएको छ । प्रतियोगिता आयोजना गर्न अहिलेसम्म खटिएका सबैप्रति आभार व्यक्त गर्दै सहयोगिहरुप्रति धन्यवाद प्रकट पनि गर्नु भएको छ ।

Blog Post Ad

आयोजकले प्रदेशको १२ जिल्लाबाट करिब दुई हजार खेलाडीहरु प्रतियोगितामा भाग लिने गरि काम अगाडी बढेको बताउदै स्थगनपछि आन्तरिक तयारी जारी राख्ने बताउनु भएको छ ।

Blog Post Ad
Ad Area