Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा माघ ९ गतेदेखि बालबालिकालाई कोरोना विरुद्धको खोप दिने तयारी

दाङ, ३० पुस ।  दाङका नौ पालिकामा आउँदो माघ ९ गतेदेखि बालबालिकालाई कोरोना विरुद्धको खोप दिने तयारी भएको छ । घोराही उपमहानगरपालिका बाहेक अन्य नौ पालिकामा आगामी माघ ९ गतेदेखि १२ देखि १७ वर्षसम्म उमेर समुहका बालबालिकालाई खोप लगाउने तयारी भएको हो । 

Blog Post Ad

घोराही उपमहानगरपालिकामा सोहि उमेर समुहका बालबालिकालाई यसअघि लगाइसकिएको छ । दश पालिकामध्ये नौ पालिकाका बालबालिकालाई माघ ९ गतेदेखि खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो । 

Blog Post Ad

उहाँका अनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई र फाइजरको खोप लगाउने तयारी भएको प्रमुख शाहीले बताउनुभयो । 

Blog Post Ad

कोरोना संक्रमणको प्रभाव बढ्दै गएको अवस्थामा खोप दिएर बालबालिकाको शैक्षिक सिकाईलाई निरन्तरता दिन सकिने उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार दाङमा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका करिब ७१ हजार रहेका छन् । 

 घोराहीमा १२ देखि १७ वर्ष उमेर समुहका करिब शत प्रतिशत बालबालिकाले खोप लगाइसकेको प्रमुख शाहीले जानकारी दिनुभयो । कोरोना संक्रमणको प्रभाव बढेको कारण देखाउँदै अहिले दाङसहित देशभरका अधिकांश विद्यालय बन्द छन् ।

Blog Post Ad

Ad Area