Ad Area Ad Area
Ad Area
Ad Area

स्वर्गद्धारीमा एकजना दर्शनार्थीको मृत्यु

दाङ, ३० पौष । प्यूठानको स्वर्गद्धारी मन्दिर दर्शन गर्ने क्रममा एक जना भारतिय दर्शनार्थीको मृत्यु भएको छ । बिहिबार मन्दिर दर्शन गर्ने क्रममा एक्कासी बेहोस भई लडेर मृत्यु भएको जिल् ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

Blog Post Ad

भारत बहराई उत्तर प्रदेश माधवपूर रगुनातका अन्दाजी ६०÷६५ बर्षका राम बहादुर साहत एक्कासी बेहास भएपछि जिल्ला अस्पताल कार्यालय प्यूठानमा मा लिएर चेकजाच गर्ने क्रममा साझ ६ः४५ बजे जिल्ला अस्पताल कार्यालय प्यूठानले मृत घोषणा गरेको थियो।

Blog Post Ad

मृतक राम बहादुरको सवलाई जिल्ला अस्पताल कार्यालय प्यूठानमा पोष्टमार्टम पछि शुक्रबार मृतकका छोरा ऋदेहस साहतले अन्तेष्टिको लागी भारत लगिसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी देबि प्रसाद गैरेले जानकारी दिए ।

Blog Post Ad

Ad Area