Ad Area Ad Area
Ad Area
Ad Area

मेलमिलापकर्ताले निश्पक्ष तरीकाले काम गर्नुपर्छ : अध्यक्ष चौधरी

दिप्तीशिखा चौधरी

Blog Post Ad

दंगीशरण, ३० पुस । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा निश्यक्ष रुपले काम गर्ने मेलमिलापकर्ता हुनुपर्ने बताउँनुभएको छ । समाजमा हुने विवादलाई समान न्याय दिने खालको मेलमिलापकर्ता हुनका लागि यस तालीमको आयोजना गरिएको भन्दै तालीमबाट सिकेका कुराहरु ब्यवहारीक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँनुभयो ।

Blog Post Ad

उहाँले अव दंगीशरणमा सामान्य विवादहरु मेलमिलाप केन्द्रबाटै सहमती गर्नु पर्नेमा जोड दिनुभयो । दंगीशरणका हरेक नागरीक जिम्मेवार नागरीक भएकाले सकारात्मक भूमिका निर्वाह गरि खुसीमय सुखीमय समाज निर्माण गर्ने दायीत्व पनि निर्वाह गर्नुपर्ने जोड दिनुभयो । उहाँले मेलमिलापकर्ताहरु सैद्धान्तीक रुपले काम गर्नुपर्ने समेत बताउँनुभयो । मेलमिलापकर्ताहरुका लागि ४ दिने पुर्नताजकि अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउँनुभएको हो ।

Blog Post Ad

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले मेलमिलापकर्ताहरुको क्षमता विकासका लागि तालीमको आयोजना गरिएको भन्दै सिकेका कुराहरु लाई कार्यान्वयन गरि काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सो अवसरमा सहभागिहरु मेलमिलापकर्ता गंगाराम वली र गिता रेग्मीले आफनै ठाउँबाट पनि सजिलै संग मुद्धा निरुपन गर्ने तरीका सिकेको भन्दै अवका दिनमा न्यायमुलक तरीकाले विवाद समाधान गर्न सकिने बताउँनुभयो ।

Blog Post Ad

तालीममा प्रशिक्षक अधिबक्ता मेलमिलाप प्रशिक्षक अर्जुन कुमार अधिकारी र गोकर्ण खत्रीले मेलमिलापको प्रक्रिया, चरण, एकान्त वार्ता ककस, सहमती लेखन र कार्यान्वयन तथा कानुनका बारे प्रशिक्षण दिनुभएको थियो । यस्तै गाउँघरमा विवाद समाधानका विषयमा छलफल गर्ने तरिका बारे अभ्यास गराईएको थियो ।

कार्यक्रमको शहजीकरण महिला बालबालीका शाखाकि चन्द्रा वलीले गर्नुभएको थियो । दंगीशरण गाउँपालिकाले आयोजना गरेको तालीममा दंगीशरणका ३६ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।

Ad Area