Ad Area Ad Area
Ad Area
Ad Area

मल बिक्री केन्द्र सल्यानका जुनियर सहायकमाथि १८ लाखको भ्रष्टाचार मुद्दा

दाङ, ३० पुस । साल्ट ट्रेटिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमार पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासवानविरुद्ध १८ लाख ७६ हजार ६६४ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Blog Post Ad

पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफूखुशी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको भन्दै निजबाटै असुल उपर मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Blog Post Ad

पासवानमाथि भ्रष्टाचार निवारण ऐन २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार मुद्दा दायर भएको छ । पासवानले मलकोे नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा रकम हिनामिना गरेको खुलेको विज्ञप्तिमा उल्लेख छ गरिएको ।

Blog Post Ad

Ad Area