Ad Area Ad Area
Ad Area
Ad Area

‘लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको अभिव्यत्ति, सरकारको मौनता आपत्तिजनक’

दाङ, ३० पुस । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले जनाएको छ । आज एक विज्ञप्ति निकालेर विवेकशील साझाले ध्यानाकर्षण भएको जनाएको हो ।

Blog Post Ad

अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दुरगामी असर देशले भोग्नुपर्ने विवेकशील साझाको भनाइ छ ।

Blog Post Ad

नेपाली भू–भागमा छिमेकीको मनपरी कुनै पनि देशप्रेमी नागरिकलाई स्वीकार नहुने बताउँदै पार्टीले भारतसँग अविलम्ब कुटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टीले सरकारलाई आग्रह गर्दछ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले गएको मंलवार विज्ञप्ति निकालेर आपत्ति जनाइसकेको छ ।

Blog Post Ad

Ad Area