Ad Area Ad Area
Ad Area
Ad Area

नेपालबाट झण्डै ३७ओटा भाषा लोप हुने अवस्थामा

दाङ,३० पुस । नेपालबाट झण्डै ३७ ओटा भाषा लोप हुने अवस्थामा पुगेका छन् । भाषा आयोगका अनुसार १ हजारभन्दा कम वक्ताहरू रहेका भाषाहरू लोपुन्मुख भाषामा सूचिकृत हुने व्यवस्था छ ।

Blog Post Ad

जसअनुसार ३७ ओटा भाषाहरूको वक्ता १ हजारभन्दा कम रहेको र ती लोपोन्मुख अवस्थामा पुगेकोक आयोगले जनाएको छ । ती मध्ये ५ ओटा भाषाहरूको संरक्षणका लागि मात्रै भाषा आयोगले कक्षा सञ्चालन गरिरहेको आयोगका प्रवक्ता गेहनाथ गौतमले बताउनुभयो ।

Blog Post Ad

आयोगका अनुसार नेपालमा १० हजारभन्दा कम वक्ता भएका भाषाहरू पनि ३७ ओटा रहेका छन् भने १० हजारदेखि १ लाख भन्दा कम वक्ता रहेका भाषाहरू ३० ओटा रहेका छन् ।

Blog Post Ad

Ad Area