Ad Area Ad Area
Ad Area
Ad Area

कोरोना संक्रमणसँगै अस्पतालमा बिरामी बढे

दाङ, ३० पुस । कोरोना भाइरसको संक्रमणसँगै अस्पतालमा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा संक्रमितको संख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका डाक्टरले बताएका छन् ।

Blog Post Ad

भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. मनिषा रावलले बताउनुभयो ।

Blog Post Ad

उहाँका अनुसार ६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक परेको छैन । संक्रमितलाई अक्सिजन नचाहिए पनि अस्पतालले अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लान्ट तयारी अवस्थामा राखेको जनाएको छ ।

Blog Post Ad

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिले आईसीयू दुई हजार सात सय ९७, भेन्टिलेटर एक हजार आठ, एचडीयू तीन हजार आठ सय ४६ रहेका छन् । यस्तै अक्सिजन सिलिन्डर १३ हजार नै सय ३९, अक्सिजन कन्सटेन्ट्रर ६ सय ९३ रहेका छन् ।

Blog Post Ad

Ad Area