Ad Area Ad Area
Ad Area
Ad Area

सेवाग्राही माझ लोकप्रिय बन्दै टि मार्ट

चन्द्रप्रकाश नेपाली

Blog Post Ad

दाङ, १ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नंम्वर १५ भरतपुर भिंग्रेली चोकबाट सञ्चालनमा आएको टि मार्ट सुपरमार्केट सेवाग्राही माझ लोकप्रिय बन्दै गएको छ । सञ्चालनमा आएको करिव ४ वर्षको अवधिमा टि मार्ट उपभोक्ता माझ लोकप्रिय बन्दै आएको छ ।

Blog Post Ad

घोराही १४ को लखनपार्कमा आफ्नो शाखा समेत सञ्चालनमा ल्याएको टि मार्टले उपभोक्ताको आवश्यकता र चाहानाअनुसार सर्वसुलभ मुल्यमा दैनिक उपभोग्य सामाग्रीहरु प्रदान गर्दै सेवाग्राहीको मन जित्दै आएको सञ्चालक टिकाराम रावतले बताउनु भयो ।

Blog Post Ad

साथै दाङका अन्य बजारी क्षेत्रमा पनि थप व्यवस्थापनका साथ शाखा विस्तार गर्ने योजनामा टि मार्ट रहको सञ्चालकहरुको भनाई छ । दैनिक रुपमा आवश्यक पर्ने घरायसी सम्पुर्ण समाग्रीहरु एउटै छानामुनी प्रदान गर्ने उद्देश्यसाथ साथ टि मार्ट सञ्चालनमा रहेको छ । टि मार्टले सामाजिक उत्तरदायित्व र सेवाग्राहीको हितलाई ध्यानमा राख्दै विभिन्न समयमा विशेष छुटका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

विभिन्न चार्डपर्व तथा कुनै विशेष उत्सवका वेला पनि विशेष छुटका कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ । नियमित सामाग्री खरिद गर्ने तथा टि मार्टको सदस्यता लिने सेवाग्राहीहरुका लागी जुनसुकै सामाग्री खरिदमा पनि सधै २ प्रतिशत छुट दिदै आएको सञ्चालक पुर्णबहादुर रोका मगरले जानकारी दिनुभयो ।

Blog Post Ad

साथै टि मार्ट आफ्नो कारोवारलाई पारदर्शी बनाउन र ईन्टरनेटसँग जोड्दै सेवाग्राहीहरुलाई सहजता प्रदान गर्नका लागी स्वाप मेसिन, ई सेवा, फोन पेबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

साथै स्थापना दिवस लागएत विभिन्न समयमा समाजिक सत्कर्मका कामलाई निरन्तर जारी राख्दै आएको छ । मार्टले आफ्नो स्थापना दिवसका अवसरमा विपन्न वर्गका नागरिकलाई खाद्यान्न लगाएतका सामाग्री सहयोग, बौद्धिक अपांगता भएका विद्यार्थिहरुलाई स्टेशनरी समाग्री प्रदान, घोराही १६ तेरौटेमका रहको ज्येष्ठ नागरिक सरोकार केन्द्रका बृद्धबृद्धाहरुलाई खाद्यान्न सहयोग, रक्तदान नै जिवनदान भन्ने उद्देश्यका साथ रक्तदानलगाएतका विभिन्न खालका कामहरु समेत गर्दै आएको छ ।

टि मार्टले आफ्ना कर्मचारीहरुलाई कामप्रति उत्साहित बनाउनका लागी विभिन्न खालका कार्यक्रमहरु समेत गर्दै आएको छ । कर्मचारीहरुको क्षमता विकासका लागी विभिन्न समयमा तालिमहरु समेत प्रदान गर्दै आएको छ ।

अहिले टि मार्टले घरमा दैनिक रुपमा आवश्यक पर्ने सामाग्रीदेखी लिएर गिफ्ट आईटम, मोबाईल फोनमा लाग्ने एशोसिरिजहरु, कस्मेटिक आईटमहरु, किचेन आईटम, लिकर्स, बच्चाका लागी खेलाउनाहरु, स्टेशनरी, खेलकुदका सामाग्रीलगाएतका सम्पुर्ण सामाग्रीहरु प्रदान गर्दै आएको छ । साथै टि मार्टमा आउने सेवाग्राहीहरुलाई नास्ताका लागी अन्यत्र जानु नपरोस् भन्ने उद्देश्यका साथ क्याफेसमेत सञ्चालनमा ल्याएको छ ।

देश तथा विदेशको लामो अनुभव संगालेका दुई युवाहरुले सञ्चालनमा ल्याएको टि मार्टले अहिले १८ जनालाई रोजगारी समेत प्रदान गर्दै आएको छ । कुनै दिन रोजगारीका लागी कोरियासम्म पुगेका दुई युवाले आफ्नै देशमा उद्यमशिलता र व्यवसायसँग जोडिएर स्वरोजगार बन्दै अन्य १८ जनासम्मलाई रोजगारी प्रदान गर्न पाउदा खुशी लाग्ने गरेको बताउनु भयो ।

टि मार्ट सुपरमार्केटले उपभोक्ताहरुको हितलाई विशेष ध्यानमा राख्दै कारोवार गर्दै आएकाले मासिक रुपमा लाखौँ रुपैयाँको कारोवार गर्न सफल भएकोछ ।

Ad Area