दाङ : अटो र ट्याक्टर ठोकिदा एक जनाको मृत्यु, चालक घाईते

दाङ, ३० पुस । दाङमा अटो र ट्याक्टर ठोकिदा एक जनाको मृत्यु भएको छ भने चालक घाईते भएका छन् । रोकीराखेको ट्याक्टरसंग अटो ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तुलसीपुरबाट हेकुलीतर्फ जादै गरेको रा १ ह २९६६ नम्बरको अटो सोही दिशा तर्फ रोकीराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टर संग हेकुली चोकमा विहिवार साँझ ८ बजे ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अटो चालक दंगिशरण ३ हेकुली बस्ने २७ बर्षिय मनीष चौधरी र अटोमा सवार दंगीशरण ४ बस्ने ५० बर्षिय दिपक बुढाथोकी गम्भिर घाईते हुनु भएको थियो । घाईते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएकोमा बुढाथोकीको मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

Blog Post Ad

चौधरीको टाउको,मुख,बायाँ हातमा गहिरो चोट लागेको थियो भने बुढाथोकीको टाउको,मुख,बायाँ हात खुट्टा,पेटमा चोट लागेको बताईएको छ । प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेको जानकारी दिएको छ ।अटो दुर्घटनामा परी मृत्यु हुने व्यक्ति सामुदायिक मेलमिलाप केन्द्र हेकुलीका मेलमिलापकर्ता हुन् ।

Blog Post Ad