Ad Area Ad Area
Ad Area
Ad Area

म्याद सकिएपछि फालेको जुस खादा दाङमा ३ बिरामी

दाङ, २९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बुढागाउँका शरोज चौधरीका ८ वर्षीय छोरा प्रशन्न चौधरी म्याद नाघेका पियपदार्थ खादा बिरामी परेका छन् । चौधरी संगै एउटै गाउँका तीन जना बालकहरु पनि संगै बिरामी परे । अचानक बिरामी परेपछि अनुसन्धान गर्दै जादा म्याद गुज्रीएको साना जुस खाएको र विरामि परेको खुलेको हो ।

Blog Post Ad

ति बालकहरु तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ रानीघाटमा म्याद नाघेर फालिएको जुस खाएको ति बालकहरुले बताएका छन् ।

Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ को रानीघाटमा म्याद नाघेको जुसहरु यत्रतत्र फालिएको छ । करिब एक साता पहिले म्याद नाघेका जुसहरु त्याँहा कस्ले फाल्यो भन्ने स्थानीयहरु कसैले नदेखेको बताउँछन् ।

Blog Post Ad

जथाभावी म्याद नाघेका खाद्ययबस्तु फाल्दा बालबालिकाहरुले थाहा नपाई खाएपछि विरामी परेको स्थानिय बताउछन् । । स्थानीय सुन्दर चौधरीले म्याद नाघेर खोलामा फालिएको लिच्ची जुस, म्याङगो, ओरेन्ज जुसहरु खाएर बालबालिकाहरु बिरामी परेको बताउनु भएको छ ।

उहाँले त्यही जुस खाएर आफ्नो नाति संगं अन्य बालबालिका पनि बिरामी पर्न सक्ने बताउनु भएको छ। उक्तm जुस खादा बच्चामा ज्वरो आउने उल्टी हुने गरेको चौधरीले बताउनु भयो ।

Blog Post Ad

म्याद नाघेको जुस व्यापारी तथा कम्पनी कस्ले लगेर फालेको हो भन्ने थाहा नभए पनि व्यापारीहरु तथा जुस उत्पादन गर्ने कम्पनीहरु पनि नैतिक जिम्मेवार बन्नु पर्ने स्थानिय बताउछन् । म्याद नाघेका बस्तुहरु व्यवस्थापनमा स्थानीय निकायले पनि ध्यान दिनु पर्ने बताएका छन् ।

म्याद नाघेका बस्तुहरु उपयुक्त ठाँउमा विश्रजनको व्यवस्था गर्नु पर्ने समेत बताएका हुन् । यता तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ का वडाध्यक्ष टोप बहादुर केसीले खोलामा जुसहरु फालिएको बारेमा आफुलाई कुनै जानकारी नआएको बताउनु भएको हो । उहाँले त्यहाँ फालिएका म्याद नाघेका जुस कस्ले फालेको र किन फालेको भन्ने बारे खोजी गर्ने र फालिएका जुसहरु व्यवस्थापन गर्न पहल गर्ने बताउनु भएको छ ।

Ad Area