विद्यालय मर्जपछि चौघेरा स्कुलका विद्यार्थी खुल्ला आकाश मुनि

कविता डिसि

दाङ, २९ पौष । घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेरा दाङमा अवस्थित गोरक्षरत्ननाथ विद्यालय वि.सं. २०२९ पौष १ गते स्थापना भयो । स्थापनाकाल देखि नै विद्यार्थीको रोजाईमा पर्न सफल गोरक्षरत्ननाथ विद्यालय हाल सम्म पनि विद्यार्थी संख्यामा भने कमि छैन । सरकारी विद्यालयमै पनि गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रायसमा विद्यालय निरन्तर लागी परेको छ । विद्यालयमा अधिकांश निम्न वर्ग वर्गका भएतापनि विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिएको स्थानिय बताउछन् ।

Blog Post Ad

स्थापनकालदेखी हालसम्म धेरै संघर्ष गदै आएको विद्यायलयले २०७३ सालमा प्राविधिक शिक्षा अन्तर्गत पशु विज्ञानको सुरुवात गरेपश्चात झन विद्यार्थिको आर्कषण बढेको छ । विद्यालयका प्रधानाध्यापक श्यामलाल मल्लका अनुसार हाल छात्रा ४ सय ९३ र छात्र ४ सय ९५ जना गरी जम्मा विद्यार्थी संख्या ८ सय ८८ जना रहेको छ । हाल प्राविधिक तर्फ १ सय २५ जना विद्यार्थीहरुले शिक्षा लिदै आएका छन् ।

Blog Post Ad

उहाँका अनुसार ४३ जना शिक्षक र ६ जना कार्यलय सहयोगिहरु विद्यालयमा कार्यरत रहेका छन् । उक्त विद्यालयमा पिछडीएको वर्ग, गरिब तथा सामान्य पढाईको खर्च पनि धान्न नसक्ने विद्यार्थीहरुलाई निशुल्क पठनपाठन गराउदै आएको पनि छ । प्रधानाध्यापक मल्लका अनुसार ४३ जना शिक्षक मध्ये २५ जना दरबन्दीबिनाका रहेका छन् । कक्षा १ देखि ५ सम्म कुनैपनि शुल्क नलिई पठनपाठन भएको बताउनु भयो । कक्षा ५देखि ८ सम्म भर्र्ना शुल्क र परिक्षा शुल्कमात्रै लाग्ने विद्यालयका प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो ।

सर्वसुलभ शुल्कमा पढाई हुँदा स्थानिय तथा विद्यार्थी खुशी भएपनि समयको परिवर्तन अनुरुप परिमार्जित हुनु पर्दैरहेछ उहाँ भन्नुहुन्छ,–‘समय र विद्यार्थिको माग अनुरुप परिवर्तन हुने क्रममा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरियो । त्यसपछि झन विद्यार्थीको आर्कषण बढ्न थाल्यो । हामिले कोहीपनि शिक्षाको पँहुचबाट बञ्चित नहुन भन्ने उदेश्यले पनि विपन्न वर्गका विद्यार्थीलाई निशुल्क रुपमा अध्यापन गराईरहेका पनि छौ ।’

विद्यालय मर्जपछि भौतिक संरचनाको अभाव

प्राधानाध्यापक मल्लका अनुसार उपमहानगरपालिका शैक्षिक सुधार कार्यक्रम तथा विस्थापित हुन लागेमा मर्ज हुने नियम अनुरुप घोराही उपमहानगरपालिका वडा नम्बर १७ भित्रै रहेको हरिद्धार प्राथामिक विद्यालयलाई २०७६ असार महिनाबाट मर्ज गरिएको छ । त्यसपछि विद्यार्थीको अन्योल सिर्जना नगर्न मर्ज भएको विद्यालयमा नेपाली माध्यमका विद्यार्थि र अंग्रेजि माध्यमका विद्यार्थीलाई गोरक्ष रत्ननाथमा राख्न सुरु गरियो ।

‘‘हाल मर्ज भएको विद्यायलमा पहिले थोरै संख्यामा मात्र विद्यार्थी थिए । थोरै विद्यार्थि भएतापनि शिक्षकहरु विद्यालय आउनै पथ्र्यो । कतिपय समाजले त जागिर खानमात्रै विद्यायल आएको भन्ने आरोप पनि लगाउनु भयो । हामिले जति विद्यार्थी भएतापनि पढाउनु पथ्र्याे र यहाँ आउने विद्यार्थि भनेको अन्य विद्यालयमा अध्ययन गर्न नसक्ने वर्गका हुन्थ्ये र हामि थोरै विद्यार्थीमा पढाउनु कर्तव्य र जिम्मेबारी पनि थियो,–‘अध्यापन गराउदै आउनु भएकी शिक्षिका मन्जु पौडेल बताउनु हुन्छ ।

पौडेलका अनुसार कक्षा एक देखी पाँचसम्म मात्र पठनपाठन हुन्थ्यो । फर्निचर पनि धेरै थिएन भएको पनि मर्मत अभावका कारण खिया र माटो लागेको थियो । नगरपालिकाको मर्ज गर्नुपर्ने नियम अनुसार मर्ज भएपछि विद्यार्थिहरु धेरै छन् । तर विद्यार्थि बस्ने नत फर्निचर नै छ नत कक्षाकोठा छ । हाल ३ वटा कक्षाका विद्यार्थी बाहिर बसेका छन् । कोरोनाको दोस्रो लहर मन्थर हुदै गएपछि विद्यायल सञ्चालन भएको थियो । त्यो समयदेखि हालसम्म विद्यार्थिहरु खुल्ला आकाशमुनि बसेर अध्ययन गर्न बाध्य भएको बताउनु हुन्छ शिक्षिका मन्जु पौडेल ।

गत आर्थिक बर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आएको १८ लाख बजेटले दुईकोठाको भवन निमार्ण भईरहेको छ । प्रधानाध्यापक मल्ल भन्नुहुन्छ, ‘उक्त बजेटमा दुईकोठाको भवन जस्तापाला लगाएर भवन बनाउने निणर्यअनुसारको बजेट थियो तर कतैबाट बजेट आउछ कि भन्ने आशामा पक्कि भवन नै बनाउ भन्ने सहमतिमा ढलान गरेर बनायौं तर कतै बाट आएन । त्यसको पर्खाल लगाउन जसोतसो आन्तरीक स्रोत बाट नै जोहो गेरेर पर्खाल मात्र लागाएका छौ ।’

खुल्ला आकाशमुनी अध्यापन कसरी ?

शिक्षिका मन्जु पौडेल भन्नुहुन्छ,–‘हामिले सबैभन्दा सास्ती बर्षायाममा पायौं । पहिले मर्मत नै नभएको विद्यायालय पछि मर्मत गर्दा र भवन बनाउदा जतातै धुलो भयो । विद्यार्थि साना छन् यता उता फर्किदा पनि झोला भुईमा खस्छ फोहोर हुन्छ । वरिपरि हेर्छन कोहीबाटो हिड्दापनि , पढाईमा ध्यान केन्द्रित बनाउन नै समस्या भएको छ । साँघुरो ठाउँ छ । गराउन्डमा घाँस छैन । त्यसमाथि बाहिर राखेर पढाउदा आजभोली जाडोको समयमा झनै गाह्रो भएको छ ।

प्राधानाध्यापक मल्लका अनुसार पर्खाल मात्रैको काम सकिएपछि विद्यार्थिहरु बाहिर बस्ने छैनन् । उहाँका अनुसार ‘दरबन्दिमा शिक्षक शिक्षिका थोरै र प्रथामिक तहमा हुनुहुन्छ । उहाँहरुले माथिल्लो कक्षाका लाई पढाउन नसक्ने र अंग्रेजी माध्यमको पढाई सुरुभएपछि निजी शिक्षिकको संख्यामा बृद्धि भयो ।

विद्यायालयको आन्तरीक आम्दानी घट्दै गयो तर हामिले छिटो नै विद्यार्थिलाई भवन भित्र लग्ने प्रयास गरिरहेको छौ र अबको केहि दिनमा त्यो सफल पनि हुन्छ । केही दिनसम्म खुल्ला आकाश मुनी पढेका विद्यार्थीहरुलाई अहिले भने चिसोबाट बचाउन केही व्यवस्थित बनाएको छ भने भौतिक संरचना निर्माणको काम भैरहेको छ ।