सल्यानमा समाधिस्थलको विवादले स्थानीयबीच द्वन्द्व

दाङ,२९ पुस । सल्यानको बागचौर नगरपालिका–९ जलेखर्कमा चिहानको विषयमा स्थानीयवीच विवाद शुरु भएको छ । चिहानको विषयमा विवाद उत्पन्न हुँदा स्थानीयबीच द्वन्द्व देखिएको हो । जलेखर्कमा रहेको करिव सय वर्ष पुरानो समाधीस्थलका विषयमा स्थानीयहरुले एक आपसमा विवाद शुरु गरेका छन् ।

समाधिस्थल सोही ठाउँमा कायमै राख्ने कि स्थानान्तरण गर्ने भन्ने विषयमा गाउँलेहरु दुई पक्षमा विभाजित भएका छन् । एउटा पक्षले वर्षौं पहिलेदेखि प्रयोग गरिरहेको पितृकोटमा रहेको समाधिस्थल कायमै राख्ने भन्दै आएको छ भने अर्को पक्ष बस्ती विस्तार भएकोले समाधिस्थल गाउँभन्दा टाढा सार्नुपर्ने अडानमा छ । जलेखर्कमा अधिकांश परिवार दशनामी समुदायका छन् । उनीहरुमा मृत्युपछि समाधिष्ट गर्ने प्रचलन छ ।

Blog Post Ad

चिहान सम्बन्धी विवाद इलाका प्रहरी कार्यालय थारमारे, वडा कार्यालय हुँदै नगरपालिकासम्म पुगेको छ । यस विषयमा सरोकारवालाहरुले पटक पटक दुबै पक्षहरुबीच सहमति गराए पनि कार्यान्वयन भने हुन सकेको छैन । बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुनले यस विवादको समाधानका लागि प्रयास गरे पनि सफल हुन नसकेको बताउनुभएको छ ।

Blog Post Ad