
तुलसीपुर, २९ पौष । वषौँदेखि कुवाको पानी प्रयोग गर्दै आएका तुलसीपुर–७ बम्नै र आसपासका नागरिकले अब धाराको पानी प्रयोग गर्न थालेका छन् । एक करोड बढीको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयकोे घर–घरमा खानेपानीको धारा आउन थालेको हो ।
सुन्दर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानी आयोजन गरि करिब १३ टोलमा खानेपानी विस्तार गरेको हो । करिब डेढ लाख क्षमताको खानेपानी ट्यांकी निर्माण गरेर संस्थाले विभिन्न वस्तीमा धारा सुचारु गरेको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराहीको ८३ लाख र उपभोक्ताको करिब ३२ लाख ४० हजार लागतमा खानेपानीको धारा विस्तार गरिएको हो । २०७५ सालदेखि निर्माण शुरु भएको खानेपानी टं्याकीको निर्माण सम्पन्न गरि अहिले १३ वटा टोलमा खानेपानी विस्तार गरिएको तुलसीपुर–७ का वडा सदस्य रामबहादुर जिसीले जानकारी दिए ।

‘धारामा पानी वितरण गर्न सफल भएका छौँ ।’ उनले भने–‘एक करोड बढीको लागतमा खानेपानी आयोजनाको काम भएपछि घरघरमा धाराको पानी जान थालेको हो ।’
वडा सदस्य जिसीले खानेपानी जीवनसंग प्रत्यक्ष जोडिएकाले जनप्रतिनिधिले नागरिकलाई खानेपानीको सहज व्यवस्थापन गर्न लागिरहेको बताए । ‘तुलसीपुर–७ का अधिकांश वस्तीका नागरिकले कुवाको पानी खानुपरिरहेको अवस्थामा अहिले खानेपानीका धारा पु¥याउन सफल भएका छौँ ।’ उनले भने–‘ विस २०७३ सालदेखिको अथक प्रयासले अहिलेसम्म १३ वटा टोलमा खानेपानी विस्तार गरिएको छ ।’

उनले अन्य बाँकी टोलमा उपभोक्तालाई शुद्ध खानेपानी पु¥याउने कामलाई तिब्ररुपमा काम गरिरहेको बताए । यस्तै केहि समयपछि डिपबोरिङ स्थापना गरि मिनरल वाटरको बजारीकरण गर्ने र रोजगारीका अवसर प्रदान गर्ने उनको योजना छ ।

यसैबिच मंगलबार एक कार्यक्रमकाबिच खानेपानीको धारा औपचारिक शुभारम्भ गरिएको हो । खानेपानी संस्थाका अध्यक्ष चेतबहादुर जिसीको अध्यक्षता तथा वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यता एवं वडा सदस्य राम बहादुर जिसीको विशिष्ठ आतिथ्यतामा खानेपानी धाराको शुभारम्भ गरिएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष केसीले लामो समयको प्रयासपछि नागरिकलाई खानेपानीको धारा वितरण गर्न सफल भएको बताए । ‘निर्वाचनको समयमा गरेका प्रतिवद्धता पुरा हुने क्रममा रहेको छ ।’ उनले भने–‘शुद्ध खानेपानी पाउने नागरिकको अधिकार रक्षाका लागि जनप्रतिनिधि लागिरहेका छौँ ।’ उनले विकास निर्माणमार्फत समृद्ध राष्ट्र बनाउन फुटेर भन्दा जुटेर अघि बढ्नुपर्नेमा जोड दिए । करोड बढी लगानीमा निर्माण भएको खानेपानीको संरचनालाई दिर्घकालिन बनाउन उपभोक्ता र सरकार दुवै जिम्मेवार रहेको उनले बताए । खानेपानी संस्थाका सल्लाहकार तथा भूमीदाता योगेश्वर रजौरे र डिल्लीराज रजौरैको उनले प्रशंसा गरे ।
खानेपानीको उद्घाटन कार्यक्रममा ज्ञानज्योति फाउण्डेसनका प्रमेख टिकाबहादुर जिसी, खानेपानी संस्थाका सल्लाहकारहरु जोगेन्द्र विश्वकर्मा, प्रेम खनाल, ऋषीराज पौडेल, समाजसेवी मोहन थापा, जगत थापा, पदमप्रसाद रिजाल, निमबहादुर रिजाल, अर्जुन जिसी, भिषण चौधरी, बिष्णुबहादुर जिसी र अस्थायी प्रहरी पोष्ट इन्चार्ज भिमबहादुर रावत लगायतले खानेपानीका संरचनालाई दिर्घकालिन बनाउनका सकेमात्रै उपभोक्ताले परिवर्तनको अनुभूति गर्ने बताए ।
खानेपानी संस्थाका सचिव अर्जुन केसी प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा आयव्यय सदस्य नारायण जिसीले गरेका हुन् । खानेपानीका उपाध्यक्ष बुद्धिराम भुषालको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण खानेपानी संस्थाका सदस्य डम्बर थापाले गरेका हुन् । सुन्दरवस्ती खानेपानी संस्थाले करिब २० वटा टोलमा तीनसय बढी धाराहरु वितरण गरिने छ ।
