Ad Area Ad Area
Ad Area
Ad Area

गोरखा फिटनेसको ‘मिसन इण्डियन आर्मी’ पुस्तक सार्वजनिक

दाङ, २९ पौष । गोरखा फिटनेस एकेडेमी एण्ड ट्रेनिङ प्रालि दाङले आफ्ना प्रशिक्षार्थीहरुलाई लक्षित गरी प्रकाशन गरेको ‘मिसन इण्डियन आर्मी’ पुस्तक सार्वजनिक गरेको छ ।

Blog Post Ad

प्रालि अध्यक्ष प्रकाश घर्ती मगरले लेखेको सो पुस्तकमा गोरखा भर्तीको अर्थपूर्ण सिकाइ क्रियाकलाप, पाठ्यक्रममा आधारित सामग्री, सामान्य ज्ञान, विज्ञान, गणित, बौद्धिक प्रश्न, कम्प्युटर र प्रश्न सेट समावेश गरिएको छ ।

Blog Post Ad

पूर्व भारतीय सेना र हालै भर्ती भएका सेनाहरुको सहयोगमा प्रश्न संगालो तयार गरिएको पनि अध्यक्ष घर्तीले जानकारी दिनुभयो । तालिमसँगै गोरखा भर्तीका लागि आवश्यक सैद्धान्तिक ज्ञान दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad

२०७७ माघमा स्थापना भएको तालिम केन्द्रले हालसम्म एक सय २८ जनालाई तालिम दिइसकेको प्रालिले जनाएको छ । जसमध्ये २५ जनाले केही दिनअघि भएको सैन्य भर्तीमा भाग लिएर नौ जना भारतीय सेनामा भर्ती भएका छन् भने २१ जना नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ती भएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

हाल १५ महिलासहित ८० जनाले तालिम लिइरहेका छन् । तालिम लिनेहरु अधिकांश ब्रिटिश, भारतीय आर्मी र सिंगापुर प्रहरीमा आकर्षित हुने गरेको उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad

यो तालिम केन्द्रीय ब्रिटिश आर्मी र सिंगापुर प्रहरीका लागि पनि पुस्तक प्रकाशनको तयारी गरेको छ ।

Ad Area