Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा नक्कली प्रहरी भन्दै हिड्ने पक्राउ

दाङ, २९ पौष । दाङमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका – १५ मालपोत कार्यालय नजिकैबाट स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।

Blog Post Ad

आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार रुपैयाँको कम्मल लगी ठगी गरेको जाहेरी परेपछि पक्राउ गरिएको एसपी काफ्लेले जानकारी दिए ।

Blog Post Ad

पक्राउ परेका बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad

Blog Post Ad
Ad Area