Ad Area Ad Area
Ad Area
Ad Area

लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा विमल रिजाल चयन

दाङ, २९ पौष । लुम्बिनी प्रदेश तेक्वान्दो संघको प्रदेश अध्यक्षमा दाङ तुलसीपुरका विमल रिजाल चयन भएका छन्।

Blog Post Ad

बुधबार तुलसीपुरमा भएको प्रथम महाधिवेशनबाट यसअघिका संघका तदर्थ समितिका अध्यक्षसमेत रहेका रिजाल अध्यक्षमा चयन भएका हुन्। 

Blog Post Ad

महाधिवेशनबाट लुम्बिनी प्रदेश उपाध्यक्षमा दाङका जीतबहादुर केसी र भैरहवाका पराग दास गोर्खाली चयन भएका छन्। 

Blog Post Ad

त्यस्तै, दाङ तुलसीपुरका बिनिल केसी महासचिव, सचिवमा राजकुमार पाण्डे, तुलसीपुरकै मोहन सुनार कोषाध्यक्ष चयन गरिएका छन्।  

संघको सदस्यहरूमध्ये  दीपेन्द्र रिजाल, दुर्गाबहादुर खड्का, देवबहादुर केसी, सचिन पौडेल, वीरबहादुर रावत (बिरु), डम्बर बहादुर बुढाथोकी, सावित्रा गुरूङ, श्याम घले, रामजी यादव र राजीव सिंह क्षेत्री चयन भएका छन्।

Blog Post Ad

बुधबार १६ सदस्य समिति गठन गरिएको छ।

मनोनीतसहित संघको प्रदेश समिति २५ सदस्य हुन्छ। त्यसमध्ये दुई जना केन्द्रीय प्रतिनिधि हुन्छन्।  

संघमा तीन जना रूपन्देही, एक जना नवल परासी र आठ जना दाङ तुलसीपुरका परेका छन्।  

संघको भवन निर्माण गर्न ५० लाख विनियोजन: मन्त्री चौधरी 

लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले तेक्वान्दो संघ लुम्बिनी प्रदेशको भवन निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको बताएका छन्। 

तेक्वान्दो संघको प्रथम महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले संघको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। 

‘भवन निर्माणका लागि प्रदेश सरकारबाट तेक्वान्दो संघको नाममा ५० लाख बजेट छुट्याइएको छ’, मन्त्री चौधरीले भने,‘अब माघ महिनामै उक्त भवनको शिलान्यास गरेर भवन निर्माणलाई अगाडि बढाउने छौं।’

उनले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

भवन निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाले ४ कठ्ठा जग्गा उपलब्ध गराइसकेको नवनिर्वाचित संघका अध्यक्ष रिजालले जानकारी दिए।

Ad Area