Ad Area Ad Area
Ad Area
Ad Area

आकासे पानीकै भरमा खेती

जीतसागर जी.एम.

Blog Post Ad

दाङ, २८ पौष । वारीपारी पहाडै पहाड अनि बिचैमा समथर भूमि फूलबारी । कुनै समय फूलैफुलको ठाउँमा अहिले वस्तीमा परिणत भएपछि फूलहरु त देख्न पाइदैन् । तर तुई उपत्यका निकै सुन्दर छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ अर्थात साविकको फूलबारी गाविस ठाउँ निकै सुन्दर भएपनि अधिकांश भु–भागमा खेतीपाती आकासे पानीकै भरमा हुने गरेको छ ।

Blog Post Ad

फूलबारी खेतीपातीका लागि उर्वर भूमि मानिएपनि किसानले सिंचाईको अभाव झेलिरहेका छन् । वर्षामा आकासको पानीले खेतीपाती भएपनि हिउँदमा सोचजस्तो उत्पादन किसानले पाउन सकेका छैनन् । ‘वर्षामा त आकासको पानीले नै खेतीपाती हुन्छ, धान पनि राम्रै फल्छ तर हिउँदमा सोचेजस्तो आम्दानी लिन पाएका छैनौँ ।’ तुलसीपुर–१३ मल्लरानी टोलका ७७ वर्षिय खड्गबहादुर केसीले भने–‘सिँचाई सुविधा भएको भए सायद हिउँदमा तरकारी खेती गर्न सकिन्थ्यो ।’

Blog Post Ad

खानेपानी कुवाको पानीले चलाएपनि खेतबारीमा सिंचाईको लागि पानीको असुविधा रहेको उनले बताए । ‘खानेपानी पनि कुवाको पानी खान्छौँ ।’ उनले भने–‘सिंचाईको सुविधा त खै कहिले पो आउला र ?’ आकाशको पानीले गरेको खेतीपाती कतिपयलाई तीन महिना पनि नपुग्ने उनले बताए । ‘वर्षामा हो खेती राम्रो हुने भनेको , हिउँदमा त प्राय जमिन बाँझै हुन्छन् ।’ उनले भने–‘एक पटकको खेतीले तीन महिना पनि खान मूस्कील हुने गरेको छ, जहिले पनि किनेरै खानुपर्ने बाध्यता छ, ठाउँमात्रै सुन्दर भएपनि क्यार्ने होर ?’

सिंचाई सुविधाका लागि नेतृत्वले विभिन्न समयमा आश्वासन दिने गरेपनि अहिलेसम्म सिंचाईका ठुला योजना आउन नसकेको तुलसीपुर–१३ ढकनाका खिमलाल बस्नेतले बताए । ‘सानो बजेटले सिंचाईको योजना संचालन हुन सक्दैन् ।’ उनले भने–‘ गाउँमा सिंचाईका लागि ठुला योजना ल्याउन नेताको ध्यान पुग्न सकेको छैन्, हामीले त धेर पटक भनिसक्यौँ ।’ वर्षामा भन्दा हिउँदमा सिंचाईको अभाव हुने गरेको उनले बताए ।

Blog Post Ad

‘वर्षामा समस्या नै नहुने त कुरा भएन्, सिंचाईको आवश्यकता हिउँदमा बढी हुने गर्छ ।’ उनले भने–‘सिंचाईको सुविधा भएको भए वर्षामा धान खेतीका लागि पनि आकाशको भर पर्नुपर्ने थिएन् ।’ सिंचाई नहुँदा हिउँदा अधिकांश जमिन बाँझै हुने गरेको उनले बताए । ‘कतिपयले त आकासबाट पानी आइजाला भनेर गहुँ खेती गर्छन्, तर अधिकांश खेतबारी बाँझै हुन्छ ।’ उनले भने–‘सिंचाई भएको भए त जमिन बाँझो पनि हुने थिएन, त्यतिमात्र नभएर हिउँदमा तरकारी खेतीबाट पनि आम्दानी लिन सकिन्थ्यो ।’

वडा नम्बर १३ का वडा अध्यक्ष्य बिनोद पाण्डेका अनुसार वडामा करिब १७ सय घरपरिवार बसोबास गर्छन् । तर अधिकांश घरपरिवारले सिंचाई अभावले वर्षामामात्रै खेतीपाती गर्ने गरेको उनले बताए । ‘सिंचाईको पर्याप्त सुविधा नहुँदा खेतीपातीबाट सोचजस्तो उत्पादन हुने गरेको छैन् ।’ उनले भने–‘धान खेतीका लागि पनि जेठ महिना पर्खनुपर्ने बाध्यता छ ।’ चुनाव जितेर आएपछि करिब ५० वटा स्यालो ट्युबेलमार्फत सिंचाई सुविधा दिएपनि त्यो पर्याप्तता नभएको उनले बताए ।

‘फूलबारी खेतीका लागि उर्बर भूमि हो, कृषिबाटै समृद्धिका संभावनाहरु छन् तर सिंचाईको सुविधा पर्याप्तता दिन सकिएको छैन् ।’ उनले भने–‘सिंचाई सुविधा दिन सकिएमा हिउँदामा पनि तरकारी खेती राम्रै हुने थियो ।’ सिंचाईको लागि ठुला योजनाहरु ल्याउन प्रयास भइरहेको पनि वडा अध्यक्ष पाण्डेले दावि गरेका छन् । ‘गाउँलाई नै सिंचाई पु¥याउनका लागि ठुलै योजना आवश्यक छ ।’ उनले भने–‘यसका लागि संघ तथा प्रदेशसरकारसंग समन्वय भइरहेको छ ।’

उपमहानगरपालिकाभित्रकै वस्ती भएपनि सिंचाईको सुविधा पाउन नसक्दा किसानले सोचेजस्तो उत्पादन लिन सकिरहेका छैन् । नगरको उपेक्षाका कारण फूलबारीवासीले उपमहानगर भएको अनूभुति गर्न नपाएको वडा अध्यक्ष पाण्डेले बताए ।

Ad Area