Ad Area Ad Area
Ad Area
Ad Area

घोराहीमा शिविर मार्फत् १२२७ पशु पन्छीलाई स्वास्थ्य सेवा प्रदान

घोराही २८ पुस । घोराही उपमहानगरपालिका पशु स्वास्थ्य शाखाले दुइदिने पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । घोराही उपमहानगरपालिका वार्ड न १० को आयोजना तथा पशु सेवा शाखा तथा पशु सेवा केन्द्र नरायणपुरको प्राविधिक सहयोगमा पशु स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।

Blog Post Ad

सोही वार्डाका अध्यक्ष चित्रवहादुर डाँगीको अध्यक्षता तथा पशु सेवा शाखाका प्रमुख जीवराज पौडेलको प्रमुख आतिथ्यतामा भएको शिविरमा गाइ गोरु २५ , भैसी र राँगा १ सय १७, वाख्रा ३सय ९४, भेडा ५३, वंगुर ९५, कुकुर पाँच, कुखुरा ५ सय ३८ गरि कुल १२सय २७ पशु पन्छीलाइ सेवा दिइएको शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

Blog Post Ad

सो शिविरमा पशु चिकित्सकशरु डा सुरज डाँगी, विधान पोख्रेल र सेवा केन्द्र प्रमुख हिमराज शर्मा र महेन्द्रप्रसाद चाौधरीले सेवा दिनु भएको थियो । सोही वडाको लमडरुवा र उत्तर अमराइका किसानका पशुहरुलाई सेवा दिइएको थियो ।

Blog Post Ad

Ad Area