दाङ, २८ पौष । घोराही उपमहानगरपालिका भित्र परिक्षा चलिरहेका विद्यालयहरुलाई सुरक्षित ढंगले परिक्षा सम्पन्न गर्न भनिएको छ ।
नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले शिक्षा मन्त्रालयबाट कोरोना जोखिमलाई मध्यनजर गर्दै माघ १५ गते सम्म विद्यालय बन्द गरेको अबस्थामा नगर भित्र परिक्षा चलिरहेका विद्यालयलाई भने सुरक्षित ढंगले परिक्षा सक्न भनेको हो ।

त्यसैगरी, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै परिस्थित सहज भएको अबस्थामा माघ ९ गते आईतबार देखि विद्यालयमा पठनपाठन गर्ने समेत निर्णय गरेको छ । यसैगरी, कोरोना कै कारण मेयर कप फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने पनि निर्णय भएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले २५ जना भन्दा बढीको भेला नगर्न संघ सरकारले गरेको निर्देशन अनुसार तत्कालका लागि मेयर कप फुुटबल प्रतियोगिता रोक्ने निर्णय भएको हो ।

