राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा

दाङ, २७ पुस । राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ । उमेरले ८० देखी ८२ वर्ष पुग्नु भएका जेष्ठ नागरिकलाई न्यानो कपडा वापत ओढ्ने ब्लाङ्केट प्रदान गर्न सुरु गरिएको हो ।

मंगलवार वडा नं ३,४,५ र ८ का वडा अध्यक्ष चन्दर चौधरी, विष्णु बहादुर घर्ती क्षेत्रि, गोवर्धन रावत र गोकर्ण बहादुर रानाकोअध्यक्षतामा भएका छुट्टा छुट्दै कार्यक्रममा जेष्ठ नागरिकलाई न्यानो कपडा वापत ओढ्ने ब्लाङ्केट प्रदान गर्नु भएको हो ।

Blog Post Ad

नियमित वर्ष उमेरको हदको आधारमा राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जेष्ठ नागरिकलाई न्यानो कपडा तथा सहयोगी सामाग्री वितरण गर्दै आएको शाखा प्रमुख जिवन कुमारी जिसीले जानकारी दिनु भएको छ । ९ वटै वडाका उमेरले ८० देखी ८२ वर्ष पुग्नु भएका जेष्ठ नागरिकलाई न्यानो कपडा वापत ओढ्ने ब्लाङ्केट प्रदान गरिनेछ ।

Blog Post Ad