Ad Area Ad Area
Ad Area
Ad Area

९० प्रतिशतले घट्यो मह उत्पादन

दाङ, २७ पुस । जाजरकोटमा यस बर्ष मह उत्पादनमा गिरावट आएपछि मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषकहरु घाटामा गएका हुुन् ।

Blog Post Ad

नलगाड नगरपालिका १ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८ सय ७५ किलो मह बिक्रीबाट पाँच लाख बढी आम्दानी गरेको र तर यसपालि मह उत्पादन नभएपछि उनी निराश भएका बताउनुुभयो ।

Blog Post Ad

त्यस्तै गत वर्ष ३ सय केजी मह उत्पादन गर्ने सोही ठाउँका हरिबहादुर पुनको ६० घार मौरीले यसबर्ष २० केजी पनि मह नलगाएको बताउनुुभयो । जिल्लाभर एक हजार १ सय भन्दा बढी मौरी पालक किसान रहेका छन् ।

Blog Post Ad

व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् । गत असोज–कात्तिक महिनामा धेरै पानी परेपछि चिउरीको फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटमा गत वर्ष करीब १० हजार केजी मह उत्पादन हुने गरेकामा यस वर्ष ९० प्रतिशत घटेर एक हजार केजीको हाराहारीमा मात्र मह उत्पादन भएको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले जानकारी दिनुुभएको छ ।

Blog Post Ad

Ad Area