दाङमा चोरको बिगबिगी, जिप्रका दाङ गुनासो सुन्ने थलो

दाङ, २७ पौष । तुलसीपुर–५ का प्रेम घर्तीको घरबाट केहि दिन नगद ३० हजारसहित गरगहना हरायो तर चोरको पहिचान अझै भएको छैन् । प्रहरीलाई तत्काल खबर गर्दा पनि प्रहरीले चोरको पहिचान अझै गर्न नसकेको उहाँले बताउनुभयो । ‘प्रहरीमा खबर गरेको छु, तर चोरको पहिचान नै भएको छैन् ।’ उहाँले भन्नुभयो –‘घटनामा संलग्नको पहिचानमा प्रहरीको सक्रियता निकै कम भयो ।’

यस्तै तुलसीपुर ७ की उर्मिला नेपालीको घरबाट गत पुष ३ गते दिउसो अन्दाजी ३ देखि ५ बजेको बिचमा गरगहना र नगद दशहजार चोरी भयो । उहाँले चोरी भए लगत्तै प्रहरीमा चोरी भएको उजुरी पनि नदिएको होईन । तर उजुरी दिएपनि उहाँको चोरी भएको नगद र गहनाको बारेमा कुनै अत्तोपत्तो छैन । उहाँले आफ्नो चोरी भएको सरसामानको बारेमा जानकारी लिन खोज्दा पनि प्रहरीले उहाँप्रति चासो नदेखाएको उहाँको गुनासो छ ।

Blog Post Ad

दाङमा पछिल्लो समय चोरीका घटना भइरहेका छन् । दिनदाहाडै होस या रातको समयमा किन नहोस आफ्नो घनमाल चोरी हुदाँ पिडित मर्कामा परेका हुन्छन् । उता चोरी भईसकेपछि प्रहरीले पनि पिडित सँग सहकार्य नगरेको गुनासो गरेका छन्

Blog Post Ad

जिल्लामा चालु बर्षको ६ महिनाको अवधिमा बिभिन्न चोरीका ३ सय १७ घटना घटेको प्रहरीको तथ्यांक छ । समाजमा हुने बिभिन्न चोरी तथा आपराधिक घटनाहरु मानिसकै लापरबाहिले हुने गरेको प्रहरीले जनाएको छ ।

यसैबिच चोरीका घटना बढ्दै गएपछि दाङ प्रहरीले सचेत रहन नागरिकलाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले राजमार्ग अनलाईनसंग कुराकानी गर्दै चोरी तथा लुटपाटका घटना भइहरेकोले सचेत रहन सबैसंग आग्रह गर्नुभएको हो ।

नगद तथा बहुमूल्य गरगहना घरमै राख्दा विषेश सावधानी नअपनाउँदा धेरै चोरीका घटना भएको प्रहरीले जनाएको छ । चोरीका घटनामा संलग्नको पहिचान गर्न निकै समय लाग्ने भएका कारण पिडितले न्याय नपाएको गुनासो प्रहरीमा आउने गरेको प्रवक्ता रिजालले बताउनुभयो ।

उहाँले चोरी तथा लुटपाटका घटना भइहालेमा सकेसम्म तत्कालै प्रहरीमा खबर गर्न आग्रह गर्नुभयो । यसैबिच दाङमा प्रहरीले चोरी भएको गरगहना सहित दुुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका १ माथिल्लो भालुुबाङ बस्ने देबी क्षेत्रीको घरबाट चोरी भएको गरगहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका १८ बर्षिय बसन्त खत्री र २३ बर्षिय खेमराज चौधरी रहेका छन् । उनिहरुले क्षेत्रीको घरको पूजा कोठामा झोलामा राखेको गरगहना, नगर रकम र मोबाईल चोरी गरेको इलाका प्रहरी कार्यालय भालुुबाङमा निबेदन परेको प्रहरीको भनाई छ ।